चितवन । चितवनको भरतपुरमा एक जना नर्स मृत अवस्थामा फेला परेकी छ्न । कञ्चनपुरको महेन्द्रनगर , भगतपुर घर भै भरतपुर महानगरपालिका वार्ड नम्बर ७ कृष्णपुर कान्तिचोकमा डेरागरी बस्ने २४ वर्षीय लक्ष्मी जोशी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन ।
भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत जोशी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन। नर्स जोशी विगत डेढ वर्षदेखि अस्पतालको अंकोलोजी युनिटमा कार्यरत रहेको जनाइएको छ । प्रहरीले उनको शबको पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाएको जनाएको छ । यसैबिच क्यान्सर अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ।
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय
भक्तपूर । कोरोना भाइरस महामारीका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा
काठमाडौं । शुक्रबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिनियर अधिकृतहरुले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण एकैपटक धेरैले अवकाश पाएका हुन् ।
प्रतिकृया दिनुहोस