• शुक्रबार १०-९-२०७७/Friday 01-22-2021/ 03:02 pm

लमजुङमा आठ उद्यान निर्माणको काम सुरु

लमजुङ । निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम शुरुआत गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो ।

चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम शुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट रु पाँचरपाँच लाख थियो । त्यस्तै रु १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रु पाँचरपाँच लाख बजेट रहेका बेँसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । जसमा रु १० लाख बजेट रहेको राइनास नगरपालिका–४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, रु पाँच लाखमा मस्र्याङ्दी गाउँपालिका–३ स्थित अमर माध्यमिक खुदी र रु छ लाख ९० हजारमा दूधपोखरी–२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ । बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “वन कार्यालयका आठ उद्यानसहित चालू वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन् ।

कूल रु ९५ लाख चार हजार बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, शहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवद्र्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश

  • ९ माघ, २०७७

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेश गरेको छ ।  शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार

पाल्पामा मृगलाई हानेको बन्दुकको छर्राले बालकको ज्यान लियो 

  • ९ माघ, २०७७

पाल्पामा मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडामा मृगको सिकार गर्ने

कास्कीका दुई पालिकामा पशुमा खोरेत रोगको प्रकोप

  • ९ माघ, २०७७

कास्की ।  जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को