• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

महिलालाई हिजाब लगाएर आए जागिर खोस्ने धम्कीपछि पाकिस्तानमा बबाल मच्चियो

कराची । पाकिस्तानमा एक सफ्टवेयर कम्पनीमा काम गर्ने एक महिला कर्मचारीलाई कार्यस्थलमा कि हिजाब नलगाई आऊ कि काम छोड्न भनेपछि बबाल मच्चिएको छ । पाकिस्तान जस्तो मुस्लिम देशमा यस्तो भनिनु यो पहिलो घटना हो । 

यस घटनापछि पाकिस्तानमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ, जसका कारण ‘क्रिएटिभ केओस’ कम्पनीका मुख्य कार्यकारी अधिकारी जवाद कादिरले राजीनामा दिन बाध्य भएका छन् ।

ती महिलालाई यदि उनले हिजाब लगाउन छोडिन् भने मात्रै आफ्नो रोजगारी सुरक्षित राख्न सक्ने बताइएको थियो । कम्पनीको मुख्य अधिकारीले हिजाब लगाएर काममा आएमा कम्पनीको छवि खराब हुने महिलालाई बताएको थियो । 

यद्यपि, ति महिलाले यदि उनले यो काम छोडिन् भने उनीसँग अन्य दुई स्लामिक बैंकमा रोजगारीको प्रस्ताव आएको बताएकी छिन् । यसैबीच, कम्पनीले यस घटनाप्रति क्षमा माग्दै एक बयान पनि जारी गरेको छ । 

सञ्चार माध्यममा यो घटना आएपछि कम्पनीले ती महिला कर्मचारीलाई पुनः काममा फर्कन र आफ्नो जागिर सामान्य तरिकाले सुरु गर्न सक्ने बताएको छ । एक फेसबुक पोस्टमा कम्पनीद्धारा जारी बयानमा भनिएको छ, ‘कार्यस्थलमा भेदभा गरेको आरोपमा मुख्य कार्यकारी अधिकारी कादिरलाई पद छोड्न बताइएको छ’ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर