• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 10:13 pm

ग्राण्डी अस्पतालद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु

काठमाडौं ।  काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो । 

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपिन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधिलाई ग्राण्डीले शुरु गरेको जानकारी दिए । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ । 

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आएको छ । 

यस अस्पतालले रगत अभावका कारण कोही विरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउहरुमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वर्ष २०२०भन्दा २०२१ झनै कठिन हुने डब्लुएचओको चेतावनी

  • ४ माघ, २०७७

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झनै कठिन हुने चेतावनी दिएको छ ।  कोरोना भाइरसको नयाँ प्रकार

भारतमा उत्पादित कोरोना भ्याक्सिन अब नेपालमा पनि प्रयोग गर्न मिल्ने

  • २ माघ, २०७७

काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा

अझै पिसिआर परीक्षणबाट बञ्चित छन् बाग्लुङका सर्वसाधारण

  • २ माघ, २०७७

बाग्लुङ् । कोरोना भाइरस महामारी सुरु भएको एक बर्ष वित्दापनि  बागलुङमा पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।  सरकारले गत असार १२ गते धौलागिरि