हल संचालन तथा अनुगमनको  लागि सरकारले बनायो मापदण्ड

काठमाडौं । नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका फिल्म हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ ।  । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । 

कोरोना भाइरस महामारीका बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका छन्  । त्यसको १५ दिनपछि सरकारले हल खोल्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले हल खोल्ने अनुमती दिएसँगै संचार मन्त्रालयले हल संचालनका लागि मापदण्ड तयार पारेको हो ।

हल संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट विक्री गर्नुपर्ने, काउन्टरबाट विक्री गर्नुपर्दा तोकिएको भौतिक दुरी कायम गनुपर्ने र  दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर