बुधबार सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ८ सय रहेको थियो । 

यस्तै आज तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । यसअघि मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर