एजेन्सी कम्पनीको नीति उल्लंघन गरेको भन्दै युटुवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो हटाइदिएको छ । साथै एक हप्तासम्म कुनै पनि भिडियो अपलोड गर्न समेत नपाउने गरी प्रतिबन्ध समेत लगाएको छ ।
हालसम्म युट्युवले कुन भिडियो हटाइएको हो भन्ने विषयमा भने कुनै जानकारी खुलाएको छैन । तर, अपलोड गरेको भिडियोले द्वन्द्वलाई बढवा दिएकाले हटाइएको युट्युले जनाएको छ । युट्युवले प्रतिबन्धको विषयलाई लिएर पुनः समीक्षा गर्न सकिने समेत उल्लेख गरेको छ ।
यसअघि फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाइसकेको अवस्थामा ट्रम्पका लागि युट्युव मात्रै राम्रो विकल्प थियो । तर युट्युवमा समेत प्रतिबन्ध लागेसँगै ट्रम्पका लागि सञ्जालको माध्यम टुटेको छ ।
एजेन्सी । इराकको राजधानी बग्दादमा एकै दिन दुई आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा के–कति क्षति भयो भन्नेबारे जानकारी आउन बाँकी छ । इरानी
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा
प्रतिकृया दिनुहोस