• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

केपि ओलि कम्युनिस्ट होइनन्, तानाशाही र प्रतिगमनकारी हुन्– अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्ट नभएको बताएकी छिन् । 

प्रचण्ड–नेपाल पक्षको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्,  'केपि ओलि कम्युनिस्ट होइनन्, तानाशाही र प्रतिगमनकारी हुन् ।'

तानाशाही केपि ओलि विरुद्धको आन्दोलन निर्णायक बन्ने उनले बताइन् ।  नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप उनको छ । '५ जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी र आन्दोलनलाई आज एउटा तानाशाह नेतृत्व जन्मिदा दुर्भाग्य भएको छ' उनले भनिन्,  'अहिलेको धक्का क्षणिक हो अब प्रतिगमनकारीको दिन अब सकिनेछन।'

ओलसंग अहिले बहुमत नभएको भन्दै उनले भनिन्, 'ओलीसंग कुनै बहुमत छैन, मानिस देखाउनै लाज भएपछि महाधिवशेन आयोजना समिति बनाइएको छ, टोल टोलबाट खोजेर लोभ लालच देखाएर बहुमत देखाउन प्रयास भइरहेको छ ।' 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर