कोरोना भाइरसको महामारीका कारण बन्द भएका नाटकघरहरु १० महिनापछि खुल्ने भएका छन् । बारम्बारको छलफलपछि देशभरका रंगकर्मीहरुले आठवटा नाटकघर एकैपटक खोल्ने तयारी गरेका हुन् ।
केही महिनादेखि दर्शकको उपस्थिति बिना भर्चुअलमा सीमित रहेका नाटकघरहरु दर्शकलाई स्वागत गर्दै माघ १ गते देखि खुल्न लागेका हुन् । “सबै सुरक्षाका नियमहरु पालना गर्दै अधिकांश नाटकघरहरु खोल्ने सामूहिक निर्णय गरिएको छ,” थिएटर हबद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका नाटकघरहरुका लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेकामध्ये आठ नाटकघर एकैपटक खुल्न लागेका हुन् । काठमाडौं र मोफसलमा गरी अहिले देशभर ६० नाटकघर छन् । तर हालका लागि आठवटा नाटकघर मात्रै खुल्न लागेका हुन् । जसमा प्रत्येक दिन एउटा एउटा कार्यक्रम गरेर नाटकघर पुनः सञ्चालनमा आउनेछन । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका सबै मापदण्ड अपनाएर खोल्ने भएकाले नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्नेछ । नाटकघरमा स्यानिटाइजरको व्यवस्थाका साथै भौतिक दूरी कायम गरी नाटक मञ्चन गरिनेछ ।
काठमाडौं । अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन भइरहेको छ । उनीहरु बडिगाड सहित उपत्यकामा
काठमाडौं । निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को रिलिज मिति सार्वजनिक गरिएको छ । सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द
एजेन्सी । कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेङ्गलुरुस्थित
प्रतिकृया दिनुहोस