• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'ओेलीले ताण्डव देखाएका छन्,भाङ खाएर नाचेजस्तो'–प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले नौटंकी देखाएको बताएका छन् । बुधबार राजधानीमा आफु निकट भेलालाइ सम्बोधन गर्दै प्रचण्डले केपी ओली नौटंकी र राजनीतिक जोक्करमा परिणत भएको बताए ।
  
अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्र्न उपाउ खोज्न आफुहरु छलफल मा जुटेको बताए ।  ‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ।’

उनले ओलीले अहिले ताण्डव देखाएको बताए । उनले भने, 'ओलीले अहिले देखाएको नाँच ताण्डव नाँच जस्तो छ, भाङ खाएर नाचेजस्तो '

उनले बहुमतिको निर्णय नै अन्तिम हुने बताए । उनले भने ,' यो पार्टी नै आधिकारीक पार्टी हो, साथीहरु जोकर भएजस्तो लग्छ, सय  जनाले बिद्यान संशोधन हुँदैन, ओलीलाई दुई तिहाइले कारवाही गरेको हो । '

प्रचण्डले निर्वाचन आयोगले आफुहरुलाइ विश्वास दिलाएको बताउदै सूर्य चिन्ह आफुहरुको नै हुने तर्क गरे । 

आफुहरुलाई भगौडा भनेको प्रति उनले कडा टिप्पणी गरे ।  'हामीलाई भगौडा भनेछ, ७२ प्रतिशत भगौडा ३० प्रतिशत रैथाने हुने । लाज घिन हुनु पर्छ । उनले भने, ठग्न पनि दूधभात खाए जस्तो छ । '

उनले पार्टीभित्र विवाद भएपछि ओलीले विवाद मिलाउन नसकेको बताए । उनले ओलीले तीनपटक पार्टी फुटाउन खोजेको आरोप पनि लगाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर