काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओ पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकमा रिक्त सिइओ पद पूर्तिका लागि पुस १० गते प्रकाशित १५ दिनको पदपूर्ति सम्बन्धी विज्ञापनको सार्वजनिक सूचना बमोजिम प्राप्त आवेदनहरुबाट खतिवडालाई नियुक्त गरिएको हो।
सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट अन्य प्रतिस्पर्धीभन्दा बढी नम्बर ल्याएका उनलाई नियूक्त गरिएको बैंक संचालक समितिले जनाएको छ। संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम २०७७ माघ १ गतेदेखि लागू हुनेगरी बैंकको सिइओमा खतिवडालाई नियुक्त गरेको हो। उनले एमबिएस, फाइनान्समा एमएस, सिएफए अध्ययन पुरा गरेका छन्। खतिवडाले इन्फ्रास्ट्रक्चर फाइनान्समा पनि विद्यावारिधि गरिरहेका छन्। यसअघि एनआईविएल क्यापिटल मार्केट, एचआइडिसिएल, आइबिएनका विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव उनिसँग छ।
दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले माघ २ गतेदेखि जारी पूँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएको छ।
काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ
काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार तोलामा ६०० रुपैंयाले बढेर सुन ९३ हजार १००
काठमाडौं । नेपाल राष्ट्रिय एकद्वार प्रणाली गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधवार आयोजित एक कार्यक्रममा आगामी सातादेखि सो प्रणाली सुरु हुने जानकारी
प्रतिकृया दिनुहोस