काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसंग राजनीतिक चरित्र नरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित भेलामा उनले भने, हामी केपी कमरेड भन्छौ, तर उनलाइ केपी बा भन्न भन पर्छ ।
उनले ओलीले अराजनीतिक चरित्र देखाएको तर्क गर्दै भने, 'ओलीका हनुमानहरु पनि त्यही गर्छन, जसरी राजालाई नाङ्गो घुमाउदा पनि बालक रहेको कसैले देखेनन्,त्यही ओलीका वरिपरिका मान्छे छन् । '
अध्यक्ष नेपालले विधिको कुरा उठाउदा ओलीको नजरमा अपराध भएको धारणा राखे , विधि पद्वतिको कुरा ओलीलाई पटक्कै मन नपर्ने उनले बताए ।
उनले संसा संसारका तानाशाहको अवस्था कस्तो हुन्छ त्यो छिटै ओलीलाई देखेर थाहा पाउने तर्क गरे ।
उनले बहुमत पुराउन ओलीले केन्द्रीय समितिको सदस्यता बितरण गरिरहेको भन्दै ५ हजार केन्द्रीय सदस्य बनाउदैछन् त्यो सडकछाप पार्टीमा को जान्छ ? व्यङ्ग गरे ।
नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह पनि गरे । उनले भने, 'ओली गुट गलत बाटोमा छ । तपाईंहरु भ्रममा नपुर्न । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । '
उनले केही मानिसहरू आन्दोलन , पार्टीलाई छोडेर ओलीको सेवामा लागेको आरोप पनि लगाए ।
काठमाडौं । भारत सरकारले नेपाललाई उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । बिहीबार प्रधानमन्त्री निवास
रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुनले सर्बोच्च अदालतलाई जनताको विश्वास, संविधानको शब्द र भावनालाई आधार मानेर
काठमाडौं । नेपालमा बिहीबार थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । त्यस्तै
प्रतिकृया दिनुहोस