• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बुधबार थप ४४५ जनामा कोरोना पुष्टि

काठमाडौं ।  नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 
गौतमका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा १९ र ललितपुरमा ३९ जनामा समेत कोरोना देखिएको छ । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ । 

थप ४१४ संक्रमित निको हँुदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । 
मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर