काठमाडौं । नेकपा ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित पत्र बुझाएको छ ।
आयोगले पार्टीको आधिकारिकता बारेमा मागेको पत्रको लिखित जवाफ बुझाउदै ओली पक्षले पार्टीका अध्यक्ष र महासचिवबीना बैठक नै बस्न नसक्ने प्रावधान पार्टीको अन्तरिम विद्यानमा रहेको भन्दै आधिकारिकता दाबी गरेको हो ।
नेकपाको अन्तरिम विधानले महासचिव विना बैठक बस्नसमेत नसक्ने परिकल्पना गरेको र महासचिव विना बसेको अर्को समूहको बैठक आधिकारीक नहुने जानकारी गराएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
ओली पक्षले आफूसँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दावी गरेको छ । निर्वाचनको तयारीमा सबै जसो राजनीतिक दलहरु लागिसकेको अवस्थामा ढुक्क भएर निर्वाचनको तयारी गर्न अनुरोध गरेको नेम्वाङले बताए ।
सो पक्षका नेम्वाङसहित गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगाएत निर्वाचन आयोग पुगेका थिए । केही दिनअघि आयोगले नेकपाका दुवैपक्षलाई प्रक्रियाका बिषयमा स्पष्ट पार्न भनेको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौं । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा प्रतिगमनको शुरुवात
प्रतिकृया दिनुहोस