• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पार्टी एकता अझै सम्भव छ — नेता पोखरेल

झापा ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानूनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ ।

नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले दुई सर्त पुरा भए अझै एकताको संभावना रहेको बताए छन् । 

भेलामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राखेका छन् । पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगत देखिनै ठिक नभएको टिप्पणी गरेका छन् ।
 
भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओलीने नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दावी गरेका छन् । उनले आधिकारिक पार्टीले नै सुर्य चिन्ह पाउने बताए । उनले कार्यकर्तालाई पार्टी आधिकारिकता र सुर्य चिन्हका बारेमा धेै चिन्ता लिन नपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर