• शुक्रबार १०-९-२०७७/Friday 01-22-2021/ 04:27 pm

कर्णालीको कफीले बजार नपाउँदा किसानमा चिन्तित

सुर्खेत । कर्णालीका किसानहरूले कफी खेती गरेर आवश्यक बजार पाउन नसकेको गुनासो गरेका छन् । कफी खेतीका लागि आवश्यक ठाउँ भए पनि खेतीबारे आवश्यक ज्ञान र बजार नहुँदा उनीहरू समस्यामा परेका हुन् ।

लेकबेशी नगरपालिका–९ को स्थानीय किसान भविसरा पाण्डेले भनिन्, ‘कफी खेतीबारे तालिम नलिएको हुँदा कसरी प्रशोधन हुन्छ भन्ने जानकारी भएन । यहाँ कफी पर्याप्त फल्दो रहेछ । यसलाई बिक्री गर्न बजार पाए कमाइ राम्रो हुन्थ्यो ।’

अघिल्लो पटक १६ सय बेर्ना कफिको लगाएको भएपनी सरकारी निकायबाट अनुगमन नभएका कारण सबै खेर गएको थियो । उनले भनिन यदि सरकारी निकायबाट अनुगमन भएको भए   १६ सय कफीको बोट खेर जाने थिएन उनले आफ्नो दुख पोखिन 

त्यहाँका अगुवा किसान छविलाल आचार्यले २०७२ सालमा जनअपेक्षा कृषि समूहमा कफी खेती गर्ने प्रस्ताव राखेका थिए । सोही प्रस्ताब लिएर गएपछि तत्कालीन कृषि विकास कार्यालयले बेर्ना ल्याउन किसानहरूलाई सहयोग गरेको थियो ।

मनग्य आम्दानी हुने ठानेपछि कफी खेतीतिर लागे पनि खेतीबारे जानकारी भने किसानहरूलाई थिएन । ‘कफी कति उचाईमा फल्छ, कसरी खेती गरिन्छ भन्नेबार बेखबर थियौं,’ आचार्यले भने ।

राम्रो आम्दानी हुन्छ भन्ने सोचमा उनीहरूले सहकारी संस्थाको दुई लाख ८० हजार रुपैंया लगानी गरे । त्यसपछि २०७३ सालमा चौरासे नजिकै पाँच विगाहा जमिन भाडामा लिएर १६ सय बेर्ना खेती गरे ।

त्यतिबेला कृषि कार्यालयले आवश्यक सहयोग गर्ने समेत बताएको थियो । ‘तर हामीले लगाएको विरुवामा रोग लाग्यो । त्यो रोगको उपचार गर्दा निलोतुथो लगाउनुपर्ने भनेपछि हामीले निलोतुथोले कफीको विरुवा भिज्ने गरी छर्कियौं । तर ति विरुवा फस्टाउनु त परैको कुरा नष्ट नै भए,’ अगुवा किसान आचार्यले दुखेसो पोखे ।

ती बिरुवा नष्ट भए पनि कफीको बीउ किसानहरूले मगाए । नर्सरीमा २५ सय भन्दा बढी बेर्ना उम्रियो । ‘ती मध्ये कसैले घरमा लगे, केही बेर्ना कृषि कार्यालयले लग्यो भने अरु बेर्ना अन्यत्र दिइयो,’ स्थानीय किसान पाण्डेले भनिन् ।

गाउँमा अहिले कफीका बिरुवाले फल दिन थालेका छन् । तर ती फलहरू कसरी प्रयोग गर्ने भन्ने चिन्ता उनीहरूमा छ । ‘फलेका कफीका दानलाई के गर्नु रु न भुटेर खान मिल्छ न कुटेर, त्यस्सै खेर गइरहेको छ,’ भविसरा भन्छिन्, ‘कफीबाट मनग्य आम्दानी गरौंला भन्ने सपना मात्र भयो ।’

तर, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा।विष्णुप्रसाद भट्टराई कफी खेतीका लागि किसानहरूलाई आवश्यक प्रशिक्षणको तयारी गरिहेको बताउँछन् ।

कफी खेतीको लागि पचास रोपनाी भन्दा बढी जमीनमा खेती गरेमा लागतको ५० प्रतिशत अनुदान समेत बोर्डले दिने गरेको उनले बताए । ‘किसानलाई आवासीय तालिम पनि दिन्छौं । बजारीकरणको व्यवस्था पनि गर्छौ र कफी प्रशोधन पनि गर्छौं,’ निर्देशक भट्टराईले भने ।

कर्णालीका जंगलमा कफी खेती गरेको खण्डमा यहाँका युवाहरू विदेश जानुनपर्ने निर्देशक भट्टराईको भनाइ छ । उनले कफी खेती कसरी गर्ने भन्नेबारे किताब समेत प्रकाशन गर्न लागिएको बताए ।

कर्णालीका पाँच जिल्ला  कफी खेती योग्य 

कर्णालीका पाँच जिल्ला कफी खेती गर्न उपयुक्त छन् । बोर्डका निर्देशक भट्टराईका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम कफी खेती गर्न उपयुक्त ठाउँ हुन् ।

उनका अनुसार कफी उत्पादन गर्नका लागि हाल सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका वेर्ना बोर्डले उत्पादन गरिरहेको छ ।

‘समुद्री सतहबाट ८ सयदेखि १६ सय मिटरसम्म फल्ने अरबी जातको कफी फलाउने योजना बनाएका छौं । अहिले विश्वमै सबैभन्दा महँगो कफीको रुपमा यो बिक्री भइरहेको छ,’ निर्देशक भट्टराईले भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

झापा जिल्ला कारागारमा ६० विदेशी कैदीबन्दी 

  • ९ माघ, २०७७

झापा । भारतसँग सिमा जोडिएको पूर्वि तराई जिल्ला झापामा हुने अपराधका घटनामा विदेशी नागरिक समेत संलग्न हुने गरेको पाइएको छ ।  खुला सिमानाको फाइदा

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश

  • ९ माघ, २०७७

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पेश गरेको छ ।  शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार

पाल्पामा मृगलाई हानेको बन्दुकको छर्राले बालकको ज्यान लियो 

  • ९ माघ, २०७७

पाल्पामा मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडामा मृगको सिकार गर्ने