• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019/ 01:03 pm

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा शनिबार १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । 

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रुकुममा चट्याङ लागेर ६ जना घाइते

  • ९ माघ, २०७५

मुसिकोट । रुकुम (पश्चिम) मा बुधबार बिहान चट्याङ लागेर छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६

सिमसिम पानीमा सवारी दुर्घटना हुने खतरा 

  • ९ माघ, २०७५

मुग्लिन । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । मंगलबारराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको

उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना 

  • ९ माघ, २०७५

गाईघाट । उदयपुरको  सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका १६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म