• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

शुक्रबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरुको अवकाश  

काठमाडौं । शुक्रबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिनियर अधिकृतहरुले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण एकैपटक धेरैले अवकाश पाएका हुन् । नेपाल प्रहरीमा एसएसपीद्वय डा गणेश रेग्मी, राजकुमार वैदवार लगायतले अवकाश पाएका छन् ।

सशस्त्र प्रहरीमा एआईजी नारायणबाबु थापासहित दुई दर्जन अधिकृतले अनिवार्य अवकाश पाएका छन् । एआईजी थापासहित एसएसपीहरु इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारीले अवकाश पाएका हुन् । अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह लगायत रहेका छन् । त्यस्तै डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्रीले पनि अवकाश पाएका छन् । ठूलो संख्यामा पदहरु रिक्त भएपछि सशत्रमा बढुवाको दौडधुप समेत सुरु भइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर