• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मध्यपूरथिमीका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने 

 भक्तपूर । कोरोना भाइरस महामारीका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिका समेत जारी गरेको छ ।  निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्वका सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धि कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ । विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रम मापन गर्ने व्यवस्था मिलाउने लगायतका मापदण्ड पुरा गर्नुपर्ने योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बर्ताए ।  
    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर