• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भारतमा उत्पादित कोरोना भ्याक्सिन अब नेपालमा पनि प्रयोग गर्न मिल्ने

काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको हो ।

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया एसआइआइले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। भारतको पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो। खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनी मध्येमा पर्दछ । भारतीय सञ्चारमाध्यमका अनुसार सेरमले पाँच करोडभन्दा बढी डोज उत्पादन गरिसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर