अहिलेको खतरा संघीयतामाथिको हो: कृष्ण पहाडी 

विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत् मधेसी नागरिक समाजद्वारा आयोजित गोष्ठीमा सहभागी पहाडीले ओलीले चालेको कदमले मुलुकमा गृहयुद्धको खतरा भएको समेत बताए । उनले भने, ‘अहिले प्रधानमन्त्री ओली र उनका केही समर्थकहरुले चिच्याउँदैमा चुनाव नहुने होइन, तर अहिलेको खतरा भनेको संघीयतामाथिको हो ।’

हाल सर्वाेच्चमा पुगेको मुद्दामा ठूलो दवाव दिन सक्यो भने मात्रै सर्वाेच्चले पनि तेल र पानी छुट्याउने भन्दै मुलुकको सार्वभौमसत्ताका लागि सडकमा उत्रिनु पर्ने बताए । आन्दोलनले दबाब सृजना गर्नुपर्ने धारणा राख्दै उनले भने, ‘आन्दोलन क्षेत्र र जातिवादका लागि हुनुहुँदैन । शुद्ध अधिकार प्राप्तिका लागि हुनुपर्छ । क्षेत्र र जातिवादका लागि गरिएको आन्दोलन अन्तमा ‘डिरेल’ हुन्छ। त्यसले कहीँ पनि पुर्‍याउँदैन।’

उनले सङ्घीयतालाई शुद्ध बनाउन पनि आन्दोलन आवश्यक भएको कुरामा जोड दिए । अहिले नयाँ दललाई पनि आन्दोलनमा आउने अवसर भएको उल्लेख गर्दै नेपाली कांग्रेस र नेकपाप्रति जनताको वितृष्णा रहेको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर