भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि नमूना प्रदर्शन (फोटोफिचर)

पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ ।

नेपाली सेनाको गोरखदल गणका साथै इन्जिनियरतर्फ कालीभक्ती गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, एनसिसि एल्मुनाई एशोसियसनले तानसेनको टुंडिखेलमा संयुक्त प्रदर्शन गरेका हुन् । भूकम्प गएको र अन्य विपद्का बेला खोज तथा उद्दार कसरी गर्ने सम्बन्धमा विशेष प्रदर्शन गरिएको हो । भूकम्प लगायत अन्य विपद्का घटनामा संयुक्त रुपमा गरिने खोज तथा उद्दारले ठूलो मात्रामा हुनसक्ने धनजनको क्ष्ँतीलाई कम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । 

तालिम प्राप्त सैनिक अधिकारीमार्फत भएको प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामाग्री प्रदर्शन समेत गरिएको थियो । प्रदर्शनीको अवलोकन गरेसंगै आम सर्वसाधारणले भूकम्पको समयमा कसरी सुरक्षित तरिकाबाट खोज तथा उद्दारमा सहभागी हुन सकिन्छ भन्ने विषयमा जानारी लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर