• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

हामी नै आधिकारिक हौं भन्ने विश्वास छ–नेकपा ओली पक्ष

काठमाडौं । नेकपाको केपी ओली पक्षले दल दर्तालगायत निर्वाचनका आफ्ना तयारीहरूलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । शुक्रबार आयोगले बोलाएको छलफलमा पुगेका सो पक्षका नेताहरुले निर्वाचनका सन्दर्भमा यसको तयारीमा लाग्नुको बिकल्प नरहेको दल दर्तालगायत निर्वाचनका आफ्ना तयारीहरूलाई अगाडि बढाउन सुझाव दिएको हो । 

ओली पक्षका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीमा आफुहरुको सहयोग हुने बताए । ‘तोकिएकै मिति निर्वाचन सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन आयोगले तदारुकताका साथ निर्वाचनको तयारी थाल्नुपर्छ, यसमा हामीहरुले उपयुक्त सहयोग आयोगलाई गर्नेछौ । 

निर्वाचन गर्नका लागि कम्तीमा ८४ दिन चाहिने भएपनि अहिले ९० दिनभन्दा बढि समय रहेकाले निर्वाचन गर्न आफुहरु पूर्ण रुपमा तयार रहेको जानकारी आयोगबाट पाएको उनले बताए । 

त्यस्तै उनले आफुहरु नै आधिकारीक नेकपा भएको बताए । पार्टीको आधिकारिकताका बारेमा आयोगले टुङ्गाइसकेको , उनले भने, ‘हामी नै आधिकारिक हौं भन्ने विश्वास छ, त्यसैको जगमा उभिएर अगाडि बढ्छौं । 

आफुहरु एकै ठाँउमा बसेर छलफल गर्न तयार रहेपछि नेकपा प्रचण्ड–नेपाल पक्ष सहभागी नभएको उनकाे अाराेप छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर