• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रचण्ड अचानक ओलीको गृहनगर दमकमा देखिएपछि !

दमक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज अचानक प्रधानमन्त्रीको गृह नगरमा देखापरे । पार्टी राजनीतिक रुपमा बिभाजन भएपछि प्रचण्ड पहिलो पटक झापामा देखिएका हुन् । उनी आज बिहान साढे ११ बजे प्रधानमन्त्रीको गृहनगर दमक आईपुगे । 

उनलाई दमकमा नेकपाका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए । नेकपा शिवसताक्षी नगरपालिकाका अध्यक्ष महेन्द्र भट्टराईले प्रचण्ड बिराटनगरमा हुने कार्यक्रममा सहभागी हुन झापाको भद्रपुर बिमानस्थल हुदै दमक अईपुगेको जानकारी दिए । प्रचण्ड दमकमा खाना खान अडिनुभएको भट्टराईले बताए । 

नेकपाका दमक नगर सचिव तिर्थराज बस्नेत (शंकर)लाई हामीले प्रचण्डले किन खाना खान दमकनै रोज्नुभयो त भन्ने प्रश्न गर्दा उनले यो एउटा संयोग मात्र भएको बताए । 

प्रचण्ड दमकमा केहि बेर रोकिने भएपछि स्वागतका लागि नेकपाका नेता तथ कार्यकर्ताहरुको दमकमा बाक्लो उपस्थिती देखिएको थियो । त्यहाँ भेला भएका नेता तथा कार्यकर्ता प्रचण्डसँगै बिराटनगरमा आज भईरहेको बृहत जनसभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर