• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिकी इतिहासमा ट्रम्पको विरासतलाई यसरी हेरिनेछ 

गत बुधबारदेखि अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त भएको छ । उनको कार्यकाललाई कतिपयले एक भूमरीको चार वर्ष भनेका छन्, त्यसो भए यसरी इतिहास बनाउने राष्ट्रपतिको विरासतलाई कसरी बुझ्न सकिन्छ ? ट्रम्पको कार्यकालको समिक्षामा धेरैजनाको अवधारणाहरु छन्, जसका बिषयमा बिबीसी अङ्ग्रेजीले केही विशेषज्ञहरुको दृष्टिकोण लिएको छः

‘ट्रम्पको दक्षिणपन्थी विचारधारसँग सम्बन्ध’
अमेरिकी इन्टरप्राइज इन्स्टिट्युटका म्याथिउ कन्टीनेटी रिपब्लिकन पार्टी र अमेरिकन परम्परावादी आन्दोलनको विकासमा केन्द्रि हुँदै भन्छन्ः 

ट्रम्पको प्रमुख विरासत के हो ?
डोनाल्ड ट्रम्पलाई एकै कार्यकालमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपतिको रुपमा सम्झिइनेछ । 

उनले मत चोरी भएको मिथलाई बढावा दिए, आफ्नो समर्थकहरुलाई वाशिङ्टनमा बोलाएर विद्युतीय मतको प्रमाणिकरणका क्रममा प्रदर्शन गर्न लगाए, उनीहरुलाई केबल शक्तिको माध्यमबाट मात्रै आफ्नो देशलाई फिर्ता ल्याउने बताए र जब समर्थकहरु युएस क्यापिटलमा बर्सिए र संवैधानिक सरकार सञ्चालनमा हस्तक्षेप गरे ट्रम्प उनीहरुको पक्षमा उभिए ।

जब इतिहासकारहरु उनको राष्ट्रपतीयका बारेमा लेख्छन् उनीहरु दङ्गाको लेन्सबाट हेर्नेछन् । उनीहरु ट्रम्पको दक्षिणपन्थी विचारधारासँग अत्याचारपूर्ण सम्बधमाथि, सन् २०१७ मा घातक चार्लोट्सभिले विरोधलाई लिएर उनको अपारदर्शी सम्बोधन, उनको कार्यकालमा हिंस्रक दक्षिण्पन्थी उग्रवादमा वृद्धि र पुरुषवादी षड्यन्त्रको सिद्धान्तको उग्र प्रसारमाथि केन्द्रित हुनेछन् । 

मेरो बुझाईमा यदि डोनाल्ड ट्रम्पले आफ्नो पूर्ववर्तिका उदाहरणको अनुसारण गरेको भए र शान्ति र शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गरेको भए उनलाई एक विघटनकारी तर परिणामी लोकप्रिय नेताको रुपमा सम्झिइन्थ्यो । 

महामारीअघि एक राष्ट्रपति जसले एक आर्थिक उछालको अध्यक्षता गरे, चीनका बारेमा अमेरिकी रायलाई फेरि उन्मूख गरे, युद्धको मैदानबाट आतंकवादी नेताहरुलाई हटाए, अन्तरिक्ष कार्यक्रमलाई फेरि सुरु गरे, अमेरिकी सर्वोच्च अदालतमा एक मूलवादी(परम्परावादी) बहुमत हासिल गर्यो र कोभिड–१९ खोपको उत्पादन गर्ने एक समूह ‘ओपरेशन वार स्पिड’लाई आधिकारिकता दिए । 

‘एक वैश्विक नेतृत्वको आत्मसमर्पण’
लौरा बेलमोन्टे भर्जिनिया टेक कलेज अफ लिबरल आर्ट्स एण्ड ह्युमन साइन्सेजमा इतिहासका प्राध्यापक तथा डीन हुन् । उनले एक विदेशी सम्बन्ध विशेषज्ञ तथा सांस्कृतिक कटुनीतिमाथि पुस्तक लेखेकी छन् । 

ट्रम्पको मुख्य विरासत के हो ?
वैश्विक नेतृत्वलाई आत्मसमर्पण गर्ने र यसलाई बदलाको भावनाले हेर्ने उनको प्रयास । मलाई लाग्दैन यो सफल भयो, तर प्रश्न के हो भने अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कति नोक्सान पुर्याएको छ र यसलाई अझै हेर्न बाँकी छ । 

सन् २०१८ मा हेलन्स्किमा भ्लादिमिर पुटिनसँग उनको पत्रकार सम्मेलन मेरो लागि आश्चार्यचकित पार्ने क्षण थियो, जहाँ उनले चुनावमा रुसी हस्तक्षेप सम्बन्धमा अमेरिकी गुप्तचर जानकारीमाथि पुटिनको पक्ष लिएका थिए । 

म एक गैर–लोकतान्त्रिक सामाज विरोधीका साथ पूर्ण शक्ति लगाउने राष्ट्रपतिको एक अर्को संस्करणको बारेमा सोच्न सक्दिन । 

यो कुनै पनि बहुपक्षीय संस्थानहरु तथा सन्धिहरु तथा याँचाहरमाथि ठूलो आक्रमणको प्रतिह हो जो ट्रम्पले हासिल गरेका छन्, जस्तो कि पेरिस जलवायु सम्झौताबाट फिर्ता, इरानी परमाणु ढाँचाको फिर्ता । 

टर्कीका राष्ट्रपति रेसेप टयिप इयर्डोगन र ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो तथा उत्तर कोरियाली नेता किम जोङ उनसँगका भेटवार्ताका लागि ट्रम्पको सराहना गर्छु, वास्तवमै अमेरिकालाई ती शासनहरुसँग संरेखित गर्नका लागि भित्र ल्याइए, जो ती मूल्यहरुको प्रतिकारको रुपमा छन् जसले अमेरिका यसलाई बढावा दिन चाहान्छ । मलाई यो निक्कै विशिष्ट लागेको थियो । 

एक अर्को पक्ष अमेरिकालाई विश्वभरमा मानवाधिकारहरुलाई बढावा दिन वास्तवमा मुखर भूमिकाबाट निकाल्नु, उदाहरणका लागि एलजीबिटी समानता जस्ता थुप्रै विषयहरुसहित राज्य विभागबाट वार्षिक मानवाधिकार रिपोर्टको सामाग्रीलाई परिवर्तन नगर्नु । 

‘लोकतन्त्रलाई परीक्षण छोड्नु’
क्याथरिन ब्राउनेल पोर्ड्यु विश्वविद्यालयमा इतिहासका प्राध्यापक हुन्, जो अमेरिकी राष्ट्रपति पदमा सञ्चार, राजनीति तथा लोकप्रिय संस्कृतिका बीच सम्बन्धमाथि ध्यान केन्द्रित गर्छन् ।

ट्रम्पको प्रमुख विरासत के हो ?
खुलमखुल्ला भन्नुपर्दा, रिपब्लिकन पार्टी र परम्परावादी सञ्चारमाध्यममा डोनाल्ड ट्रम्प र उनको समर्थकहरुले एक अभूतपूर्व तरिकाले अमेरिकी लोकतन्त्रलाई परीक्षणमा छोडेका छन् । एक इतिहासकारको रुपमा जो मिडियो तथा राष्ट्रपतिको प्रतिछेदनको अध्ययन गर्छन्, उनीहरुका लागि वास्तवमै मर्मभेदी हुनसक्छ कि जसरी उनले(ट्रम्प) लाखौँ नागरिकलाई घटनाहरुको उनको मनगणन्ते संस्करणहरु सत्य हुने भनी आश्वास्त पारे ।

यूएस क्यापिटलमा ६ जनवरीमा जे भयो त्यो चार वर्षको पराकाष्ठा थियो जुन दौरान राष्ट्रपति ट्रम्पले सक्रिय रुपले गलत जानकारी दिए । 

जसरी वाटरगेट र महाभियोगको जाँचले दशकौँसम्म रिचार्ड निक्सनको विरासतको ऐतिहासिक व्याख्याहरुलाई छाँयामा पार्यो, मलाई लाग्छ चुनावपछिको ती क्षणहरु उनको राष्ट्रपतीय कालको ऐतिहासिक अवलोकनमा सबैभन्दा अगाडी हुनेछ । 

२०औँ शताब्दीका राष्ट्रपतिहरुले नीतिहरु तथा घटनाहरुको अनुकूल तरिकाले व्याख्या गर्न र आफ्नो प्रशासनको मिडिया कथनबाजीलाई नियन्त्रण गर्नका लागि परिष्कृत उपायहरुलाई उपयोग गरेका छन् । तर प्रशासनलाई आफ्नै वैंकल्पिक तथ्यहरुको अधिकार रहेको दावी छ, यो चक्रभन्दा निक्कै अगाडी पुग्यो, अन्ततः ट्रम्प प्रशासन गलत तरिकाले शासन गर्ने पूर्वाभास भयो ।

ट्रम्पले सामाजिक सञ्जालको शक्तिको उपयोग गरे र अनोरञ्जन र राजनीतिका बीचको रेखालाई धमिल्याए जसले उनलाई आलोचनालाई छेउ लगाउने र छानविन नगरिकनै आफ्नो समर्थकहरुसँग सिधा जोडिने अनुमति दियो । 

फ्र्याक्लिन रोजभेल्ट, जोन एफ केनेडी र रोनाल्ड रिगनले पनि यस छनोट नगरीएका समर्थकहरुसँग सिधा जोडिनका लागि नयाँ सञ्चार र एक सेलिब्रेटी शैलीको प्रयोग गरे, अन्ततः ट्रम्पका लागि मार्ग प्रशस्त गर्यो ।

‘न्यायपालिकाको पुनः संरचना’
मेरी फ्रान्सेस बेरी पेन्सुलभेनिया विश्वविद्यालयकी अमेरिकी इतिहास र सामाजिक विचारकी प्राध्यापक हुन्, उनी कानुनी इतिहास र सामाजिक नीतिमा केन्द्रित छिन् । उनी सन् १८८०देखि २००४ सम्म नागरिक अधिकारमाथि अमेरिकी आयोगको सदस्य थिइन् । 

ट्रम्पको प्रमुख विरासत के हो ?
न्यायधीशहरुका साथ उनले जे गरे त्यसमा ट्रम्पले आगामी २० वर्षसम्ममा एक लामो समयसम्म चल्ने परिवर्तन गरे, जसले ३० वर्षसम्म कसरी नीतिहरु कानुनको परीक्षणमा उभिनेछन् र उनीहरु कसरी लागू हुन्छन् भन्ने सहभागी छ – कुनै पनि विशेष राष्ट्रपति वा प्रशासनले प्रस्ताव गर्यो भन्ने कुराले फरक पर्दैन । 

अदालतहरु रिपब्लिकनद्धारा नियुक्त प्रतिनिधिहरुले नियन्त्रित गरिएका छन् । कहिले–काही न्यायधीशहरुले हामीलाई आश्चार्यचकित पार्छन्, तर धेरैजसोका लागि ऐतिहासिक प्रमाण भनेको उनीहरु केही बढी गर्छन् जो उनीहरुको राजनीति र उनीहरुको पृष्ठभुमिले भन्छ त्यही गर्नेछन् । 

अनि तपाईको आफ्नो बुझाई के छ ?
जब उनले अश्वेत समुदायमा विशेष मानिसको मद्दत गर्ने उपायहरुको ती प्याकेजको समर्थन गरे, जस्तै फर्स्ट स्टेप, त्यही समय नागरिकहरुलाई क्षमा माग्दै उनले विनियोग बिलमा एक स.शोधनको समर्थन गरे जसले ऐतिहास रुपले अश्वेत कलेज तथा विश्वविद्यालयका लागि पहिलो धनको एक पूरा गुच्छा दियो । 

उनले यी सबै चीजहरुलाई एकै ठाउँमा राखे, यसका साथै पहिलो प्रोत्साहन कार्यक्रम राखे जसको माध्यमबाट अश्वेत व्यावसाय र उद्यमीहरुलाई पहिलेदेखि पाउन समस्या भइरहेको ऋणहरुमधये केही पाउने सुनिश्चित गरे ।

यी सबैको प्रभावका कारण, जसलाई हामी आगामी दिनमा पनि देख्नेछौँ, जो मध्यमा थियो, पहिलेको तुलनामा धेरै युवा अश्वेतहरुले ट्रम्पका लागि मतदान गरे । र यदि यो एउटा ट्रेन्ड हो भने यसले रिपब्लिकन पार्टीको मद्दत गर्नसक्छ । 

ट्रम्पले अश्वेत मानिस र अन्य रंगका मानिसहरुका बारेमा पनि भद्दा बयान दिए, प्रहरी दुर्व्यवहारका विरुद्ध प्रदर्शन गराउने प्रयास गरे र अन्य तरिकाले आफ्नो श्वेत वर्चस्ववादी आधारलाई बढावा दिए । 

प्रतिस्पर्धा सम्बन्धमाथि उनको स्थायी प्रभाव यस कुरामा निर्भर पर्छ कि बाइडेन प्रशासनले नीतिमाथि र चिकित्सामाथि र कति लामो समयसम्म महामारी र आर्थिकमन्दी रहन्छ भन्नेमा भर पर्छ ।

‘२०२० चुनाव प्रतिस्पर्धा’
मार्गेरेट ओ’मारा बाशिङ्टन विश्वविद्यालमा इतिहासका प्राध्यापक हुन्, जो आधुनिक अमेरिकाको राजनीतिक, आर्थिक र महनगरीय इतिहासमाथि केद्रित छिन् ।

ट्रम्पको विरासत के हो ? 
जो बाइडेनद्धारा संवैधानिक र संख्यात्मक रुपले स्पष्ट चुनावी जीत हासिल हुनु ।

हामीसँग वास्तवमै अप्रिय संक्रमणका सार छन् । हर्बर्ट हुबर आफ्नो नोक्सानको बारेमा अविश्वनीय रुपले अप्रिय थिए, तर पनि उनी सपथ समारोहमा पेन्सिल्भेनिया एभेन्यूमूति कारमा सवार थिए । उनले फ्र्याङ्क्लिन रोजभेल्टसँग कुरा गरेनन्, तर पनि सत्ताको एक शान्तिपूर्ण हस्तान्तरण भयो । 

ट्रम्प राजनीतिक बलहरुको अभिव्यक्ति हुन् जो आधा शताब्दी वा त्यसभन्दा बढी समयदेखि गतिमा छ । एक पराकाष्ठा जो खाली रिपब्लिकन पार्टीमा मात्रै नभएर डेमोक्र्याटिकमा र अबm व्यापक रुपले अमेरिकी राजनीतमा पनि चलिरहेको छ, यो सरकार तथा संस्थानहरु तथा विशेषज्ञताका साथ एक प्रकारको मोहभंग हो ।

तपाईको बुझाईमा नि ?
ट्रम्प थुप्रै तरिकाले असाधारण हुन्, तर तीमध्ये एक चीजले वास्तवमै उनलाई बाहिर उभ्याउँछ, यो त्यो हो कि उनी एक दुर्लभ राष्ट्रपति मध्ये एक हुन् जो पहिले कुनै पनि निर्वाचन कार्यलयमा नराखिकनै चुनिएका थिए । 

ट्रम्प टाढा जान सक्छन्, तर स्थापनासँगै यो ठूलो मसस्या हो जसलाई व्यापक रुपले परिभाषित गरिएको छ । जब तपाई शक्तिहीन महशुस गर्नुहुन्छ भने तपाई यस्तो व्यक्तिको मतादान गर्नुहोस् जो हरेक चीजलाई फरक तरिकाले दावी गर्छ र ट्रम्पले वास्तवमै यस्तो गरेका छन् । 

एक राष्ट्रपति पनि नागरिकद्धारा नै बनाइन्छ, जो राष्ट्रपति आफैँले चुन्छन् र अनुभवी रिपब्लिकन हातहरुको एक ठूलो सम्झौता प्रशासनको पहिलो सत्रमा सहभागी हुनका लागि निमन्त्रणा गरिएको थिएन । 

समयसँगै उनको प्रशासन इमान्दारहरुको एब भिडमा कम हुन गयो, जो वास्तवमै अनुभवनी थिएनन् र ब्युरोक्र्यासीको उद्धार शासनमा वैचारिक रुपले अनिच्छुक छन् । ब्युरोक्रयासीको आन्द्रा भित्र जे भयो त्यो पुनःनिर्माणका लागि ढिलो गतिमा चल्नेछ । 

‘चीनप्रतिको शैली’
भर्जिनिया कानुन विद्यायलका प्राध्यापक साईकृष्ण प्रकास संवैधानिक कानुन, विदेश सम्बन्धी कानुन र राष्ट्रपति शक्तिहरुमाथि केन्द्रित हुँदै भन्छन् ।

ट्रम्पको महत्वपूर्ण विरासत के हो ? 
उनको प्रशासनको अन्तिम साता सबैभन्दा परिणामी रह्यो, किनकि उनी आफ्नो सबैभन्दा समर्पित अनुयायीमाथि नियन्त्रण राखे र उनी फेरी देश चलाउने कुरा गरिरहेका थिए । 

उनले मानिसहरुलाई यो विचार गर्नका लागिा बाध्य बनाए कि राष्ट्रपति पद यसरी बनाइएको छ जो वास्तवमा थिएन, मलाई लाग्छ यो बुश वा ओबामा प्रशासनका दौरान पनि थिए । वास्तवमा २५औँ संशोधन र महाभियोग जस्ता मुद्दाहरुका बारेमा बिल क्लिंटनपछि सोचिएको थिए ।

यो सम्भव छ कि अब मानिसहरु जब राष्ट्रपति पदका बारेमा सोच्छन् सायद अगाडी गएर एक फरक आसन अपनाउन गइरहेको छन्, यो बुझेर कि ट्रम्प जस्ता कोही व्यक्ति आउन सक्छ । 

यो सम्भव छ कि अमेरिकी कंग्रैसले राष्ट्रपतिलाई कम प्रतिनिधित्व दिने र केही अधिकार लिने । 

तपाईको बुझाई के छ?
राष्ट्रपतिले एक निर्वाचन क्षेत्रलाई प्रदर्शन गरेका छन् जहाँ ती व्यापार सम्झौताहरुका थुप्रै विरोधी छन् । राष्ट्रपतिले यो पनि सुझाव दिएका छन् कि चीन हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको मुद्दामा संयुक्त राज्य अमेरिकाको लाभ उठाइरहेका छ – र मलाई लाग्छ यस दृष्टिकोणको पछाडि एक सहमति छ । कोही पनि चीनप्रति नरम भएको आरोप लगाउन चाहदैनन । 

मलाई लाग्छ मानिसहरु आफूलाई कठोर बनाउनका लागि आफूलाई नै गिराइरहेका छन् र कम्तिमा उनीहरु यो भन्छन् कि चीनप्रति कठोर छन् । आन्तरिक रुपमा राष्ट्रपतिसँग एक लोकप्रिय सुर थियो । यो उनको नीतिहरुमा कहिले पनि पूर्ण रुपले महशुस गरिएको थिएन, तर हामी देख्छौँ कि धेरै रिपब्लिकनहरु लोकप्रिय विचारहरुलाई अनाउँछन् ।

-यो सामाग्री समाचार दैनिकका लागि गीता सुब्बाले बीबीसीबाट अनुवाद गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर