• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

कम्युनिष्ट बन्छु भन्न नपाइने ? 

अन्तर्विरोधको हल मित्रवत संर्घषबाट सुरु भएर निषेध वा रुपान्तरणमा पुगेर सकिन्छ । निषेधको अर्थ नमान्नु र नहुनु  हो । रुपान्तरणको अर्थ नयाँ बन्न जानु हो । नेकपाको अन्तर्विरोध हेर्दा लाग्छ, रुपान्तरणको आशा झिनोछ । निषेधको पनि तत्काल संभावना कम छ । त्यसो भए यो थप पेचिलो बन्ने छ र माओले भने झँै नेकपाका कार्यकर्ताले एक भयङ्कर पीडासँग जुध्नु पर्नेछ । जिम्मेवार हुनुपर्ने प्रधानमन्त्रीको लिखत् हेर्दा लाग्छ, मुलुकले एक असंभव पटकथालाई फिल्माउन  वाँकी छ । जो सुखान्त कम, दुखान्त बेसिमा टुङ्गिने संभावना छ । 

प्रधानमन्त्री वर्तमानमा कम भविश्यका बारेमा केही र धेरै अतितले आतङ्कित नहुनु पर्दथ्यो । उहाँ नेकपा कम, प्रचण्ड बिरोधी ज्यादा हुनु भएकोछ । उहाँलाई अहिले पनि लागेको छैन कि पार्टी एकता भएर नेकपा बनेको छ । यो रौँ चिरा जवाफ भनेर पेश गरिएको लिखतमा उहाँले माधब कुमार नेपाल र गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नदिएको समर्थनलाई सम्झिनु भएको छ । तर, उनकै प्रयत्नमा माधब, झलनाथ र स्वयं आफू प्रधानमन्त्री भएको बिर्सिनु भएको छ । यति कति माओवादी आन्दोलनले ल्याएका परिवर्तनका छापहरु उहाँलाई मन परेका छैनन् त्यसकारण माओवादीले के ग¥यो खोजिएको छ । तर म कहाँ थिएँ ? सम्झिन मन लागेको छैन । आफूले के गरे त्यो बिर्सिनु भएको छ ।  आजको संघीय नेपाल भन्नासाथ उहाँलाई महेन्द्रकालीन पञ्चायती पाँच विकास क्षेत्रले लोभ्याएको छ । 

सम्झिन नचाहेर सम्झिएको तेह्र र बत्तीसले मैले मनपरि गरे हुन्छ भन्ने धम्की बोकेको भए पनि, आजको दिनमा तेह्रमा उहाँ र बत्तीसमा अरु छन् भन्ने कुरा उहाँले वामदेबसँग सोधे स्पष्ट हुनेछ ।

हिजो सम्झिनु मुलतः प्रचण्डलाई तर्साउनु हो । यो जो कसैले बुझेको विषय हो । तर, प्रचण्ड स्वयंले आफू गोञ्जालो नै बन्न पनि तयार रहेको भने पछि बिगत आफैँ सकिएको छ ।

सम्झिन नचाहेर सम्झिएको तेह्र र बत्तीसले मैले मनपरि गरे हुन्छ भन्ने धम्की बोकेको भए पनि, आजको दिनमा तेह्रमा उहाँ र बत्तीसमा अरु छन् भन्ने कुरा उहाँले वामदेबसँग सोधे स्पष्ट हुनेछ । एक वुद्धिजीबिले माओवादी हैसियतका बारेमा भनेको कुरा– ‘तात्कालिन माओबादी मत जित्न कम हराउन बढि प्रभावकारी थिए र छन् । आफूले नजित्दा माओबादी पुर्व एमालेलाई २०५६ को माले बनाउन काफी छ ।’ सायद यो गणितीय मानसपटलमा नओर्लिएको देख्दा धेरैलाई लाग्दो हो कि हाम्रा मास्टर हिसाबमा कमजोर छन् । यहाँ इन्दिरा गान्धीको बहादुरिताका साथ पछाडि हट्ने चलाखी नै बुद्धिमत्तापूर्ण ठहर्ला ।

प्रधानमन्त्रीले भ्रष्टचार गर्दैनन् यो सही हो तर वरिपरिकाले थाल नै पातलिने गरी चाट्छन् यो प्रधानमन्त्रीमाथिको विश्वासघात् हो । जो जबसम्म जानिदँैन तबसम्म कथित मानिएका पाँच भाइसँग कुरा मिल्दैन । दुई वर्षपछि निर्वाचन हुन्छ यो तिनलाई थाहा छ । तिनी रुपैयाँले चुनाब जित्ने भ्रममा प्रधामन्त्रीलाई दुरुपयोग गरिरहेका छन् ।

आजका दिनको नेपालको सरकार देशभक्तहरुकै सरकार हो । त्यति मात्र होइन यो सरकारले करिब पौने दुई शताब्दीपछि आफ्नो जनताको रगतले लेखिएका  सीमारेखा खोज्यो । यसमा कसैले द्वविधा राखेको छैन । तर केही अपारदर्शी घटनाले भने आम मानिसका बीचमा शंका पैदा गरेको छ । सायद यही शंका पखाल्न सँगैका साथीले निम्नस्तरको छिमेकी दूतसँग कस्तो कुरा भयो भनेर जान्न चाहनु स्वभाविक नै हो । छापिएका किताब र दशैँको शुभकामनामा चुच्चो हराएको नेपालका बारेमा सोधिनु, सकिनु होइन । सोधाईलाई अरुको लत मेरो सुरुवात भन्न एक कद नपुगेको पत्रकारको कृतिम कथाको सहारा लिनु दुर्भाग्यपूर्ण पक्ष हो । थाहा हुनुपर्छ हाम्रा प्रधानमन्त्री अजम्बरी छैनन् । तर हाम्रा सीमारेखा भने अजम्बरी हुन् । हामी कचल्टिएको विदेश नीतिलाई समानता र सम्मानका रुपमा फेर्न चाहन्छौँ । यो गलत होइन् ।

आम गफ् बजारका निश्कर्ष बारेमा सायद प्रधानमन्त्रीलाई जानकारी गराइँदैन्, गराइएको भए उहाँले आफ्ना वरिपरिकाहरुको रेखा उहिल्यै मेटिदिनु हुन्थ्यो । उहाँलाई जानकारी छ कि छैन वरिपरिका गिताङ्गेले प्रधानमन्त्रीको पद सकिएको दिन आफ्नो रोजगारी गुमाउँछन् । तिनले गत निर्वाचनको घोषणापत्र पढ्दैनन् । तिनले अस्पतालले भर्ना गर्न नमानेर ट्याक्सीमा बितेकी आमाको खबर भन्दैनन् । तिनले ओम्नी र यतीलाई पार्टीको शाखा कमिटी जस्तो मान्दछन् र लामो हात गर्छन् । प्रधानमन्त्रीले भ्रष्टचार गर्दैनन् यो सही हो तर वरिपरिकाले थाल नै पातलिने गरी चाट्छन् यो प्रधानमन्त्रीमाथिको विश्वासघात् हो । जो जबसम्म जानिदँैन तबसम्म कथित मानिएका पाँच भाइसँग कुरा मिल्दैन । दुई वर्षपछि निर्वाचन हुन्छ यो तिनलाई थाहा छ । तिनी रुपैयाँले चुनाब जित्ने भ्रममा प्रधामन्त्रीलाई दुरुपयोग गरिरहेका छन् । कुरा यत्ति हो बालुवाटार प्रमुखको दुरुपयोग हुनुहुँदैन ।

प्रियवर, एमसिसी विचार हो कि के हो ? साम्राज्यवादसँग लड्ने कि घुँडा टेक्ने भन्ने कुरा पनि विचारमा पर्छ कि पर्दैन ? हामीले बनाउने समाजवादका आधार वस्तुहरु के हुन् तिनलाई हामीले सरकारमार्फत् लागू गर्ने कुरा विचार हो कि होइन ? कि ओम्नीको ठेक्का मार्फत् समाजवादमा पुगिने हो ?

कसैले त चुनाबी प्रतिबद्धताको खोस्टो सम्झियो । जालझेल नै सही कसैले त यो पनि त थियो है भनेर बहसमा ल्याइदियो । हामीले देखेका सपनाहरु जिउँदै छन् भन्न पाइन्छ कि नाई ? आँधी–हुरी थेगेर मुलुक बनाउने मेलोमा मेरो सहभागिता खै भनेर सोध्न नपाइने र सो बारेमा छलफल नै गर्न नसकिने कुराले के बताउँछ ? के यो नै अन्तिम हो ? फेरि हिमाल जस्तै उठेर सँगसँगै मुलुक बनाउने लडाईँ जित्नु छ कि नाई ?
सायद बालुवाटारलाई सुनाइन्छ वरिपरि जितैजित छ । नेकपा बनिसके पछिका केही निर्वाचनहरुको परिणाम बालुवाटारसम्म पुगेन होला भन्नु अनर्थ हुन्छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्र रहेको दमकको उद्योग वाणिज्य संघको निर्वाचन, हाल घर रहेको भक्तपुरको प्रदेशसभाको निर्वाचन, दाङको र चितवनको निर्बाचनमा भोगिएको पराजय नेकपा सरकारमाथिको अरुचीको प्रारम्भि संकेत हो भन्ने कुरा थाहा नपाएको हो भने यो थाहा पाईयोस् । पारो चढेको छैन ढलेको छ । यसमाथि गम्भीर समीक्षामा प्रधानमन्त्री बस्नुपर्छ कि पर्दैन ? यसमा प्रधानमन्त्रीको जुँगा उखेल्न कुनै नियत छैन र हुन् पनि सक्दैन । सत्य कुरा के हो भने नजित्दा–नजित्दै जितेका छौँ भन्न हुँदैन ।

 

जनताको बहुदलीय जनवाद नेपालमा सामन्तवादविरुद्धको संघर्षका क्रममा तत्कालीन वर्ग सन्तुलनको स्थिति थियो भन्ने कुरा कसैबाट छिपाउन खोजेर अब छिप्दैन । त्यो सामन्तवादविरुद्धको विचार थियो । अहिले हामी समाजवादमा जाने भन्दै छौँ र त्यहाँ जानका निम्ति हाम्रा बुद्धिहरुले साझारुपमा विकास गरेको विचारको नाम भने जनताको जनवाद नै हो । जनताको जनवादमा हाम्रा विगतहरुप्रतिको गर्व र भविश्यप्रतिको एक सुन्दर सपना जोडिएको छ । के हामी यस्लाई खण्डित गर्न सक्छौँ ? यदि नसकिने हो भने किन पटक–पटक हामी तल झर्ने रहर गर्दैछौँ । किन पटक–पटकको परीक्षामा पुरानै पास गरिएको प्रश्न पत्रमा जाँच दिने रोइलो गर्दैछौँ । किन हामीलाई अघिल्लो कक्षाको परीक्षा दिने हिम्मत आउँदैन । जनताको जनवाद आजको वास्तविकता र हामी रहेको कक्षाको प्रश्न पत्र हो ।

धेरैले भनेका छन् यो विचारको हैन जुुँगाको लडाईँ हो । प्रियवर, एमसिसी विचार हो कि के हो ? साम्राज्यवादसँग लड्ने कि घुँडा टेक्ने भन्ने कुरा पनि विचारमा पर्छ कि पर्दैन ? हामीले बनाउने समाजवादका आधार वस्तुहरु के हुन् तिनलाई हामीले सरकारमार्फत् लागू गर्ने कुरा विचार हो कि होइन ? कि ओम्नीको ठेक्का मार्फत् समाजवादमा पुगिने हो ? हामीले अबलम्बन गर्ने शिक्षा प्रणाली हामीले अप्नाउने अर्थतन्त्रको मोडल पनि विचार भन्दा बाहिर पर्छन कि ? आफ्नो खुश परे बैठकमा जाने खुश नपरे बैठकमै जादिँन भनि दिने यहाँभन्दा ठूलो विचार के हुन सक्छ ? माओले यो व्यक्तिवादलाई के भन्नु भो ?

लेनिनको संगठन सञ्चालनको नियमले के भन्छ ? नयाँ  नेपालका परिकल्पनाकारको हातमा हत्कडी लगाउने असम्भव धम्की विचार हो कि होइन ? पार्टीभित्रको अन्र्तसंघर्ष सडकमा काँग्रेस र राजा उचालेपछि जितिन्छ भन्ने मनोविक्षिप्तवाद विसर्जनवादको हिस्सा हुन्छ कि हुँदैन ? सायद सबैले जान्दछन् यो विचार हो ।

यो कम्युनिष्ट हुने कि नहुने भन्ने प्रश्न हो । यो मनोगत व्यक्तिवाद कायम राख्ने कि क्रान्तिकारी भइरहने भन्ने विचारको प्रश्न हो । यो शक्ति र सत्तामाथिको अराजक आशक्तिमार्फत् नाङ्गै हुने राजाविरुद्धको बिद्रोह हो । आफू नभए को राजा भने झैँ प्रधानमन्त्रीको आयुसँगै नेपाल सकिनेछ भन्ठान्नु राजनैतिक उदण्डताको एक नमिठो प्रहशनमात्र हो । कृपया बतासे गालीमा होइन् आफू हिडेको जमिनमा विश्वास राख्दै युगले माग गरेको महान बहसमा सहभागि बनौँ ।

(लेखक घिमिरे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सचिवालय सदस्य हुन् ।)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर