• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पुरुषको तुलनामा महिलाहरु घरेलु काममा कति समय खर्चन्छन् ? 

एजेन्सी । भारतमा हालसालै एक फिल्म स्टारले राजनीतिक पार्टी को आरम्भ गरेका छन् । आकर्षकको नाराका रुपमा उनले भनेका छन्, मेरो पार्टी सत्तामा आएमा महिलाहरुलाई घरेलु काम गरे वापत पारिश्रमिक दिइने छ । एक शक्तिशाली सांसदले पनि यस विचारलाई समर्थन गरेका छन् । उनले भनेका छन् –‘घर परिवार सम्हाने महिलाहरुलाई सेवा गरे वापत पैसा दिँदा महिलाहरुको शक्ति र स्वयत्तता बढ्ने छ । यसरी एक विश्वव्यापी आधारभुत आम्दानीको सृजना हुनेछ ।’ 

विशेषगरी महिलाहरुले रोजगारीको अवसर गुमाएको अवस्थामा यस विषयले ठूलो बहस उत्पन्न गरेको छ । 

विश्वभरका महिलाहरुले घर गुहस्थी सम्हान्नका लागि घण्टौँ समय खर्च गर्छन । यस वापत उनीहरुले थोरै पैसा पनि पाउँदैनन । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार बिना पारिश्रमिक इराकका महिललाले दिनहुँ ३ सय ४५ मिनेट खर्च गर्ने गरेका छन् । 

त्यस्तै ताइवानका महिलाहरुले सबै भन्दा कम १ सय ६८ मिनेट घरायसी कामको लागि खर्चने गरेका छन् । विश्वका बाँकी देशका महिलाहरुले बिना पारिश्रमिक काम गर्ने आँकडा यी दुईको बीचमा पर्छ । औसत रुपमा बिना पारिश्रमिक पुरुषहरुले घरायसी कामको लागि ८३ मिनेट खर्चन्छन् भने महिलाहरुले २ सय ६५ मिनेट खर्चने गर्छन । 
के त्यसो भए महिलाहरुको लागि घरायसी काम गरे वापत पारिश्रमिक दिनुपर्छ ?

भारतमा यस्तो प्रकारको महिलाहरुको संख्या करिब १६ करोड भन्दा धेरै छ । जसले आफ्नो समय घर परिवार सम्हालन लगाउँछन् । अन्य देशका महिलाहरुले जस्तै, खाना पकाउने, लुगा धुने, परिवारको हेरचाह गर्ने लगायतका काममा लगाउने गरेका छन् । 

भारतमा महिलाहरुले घरेलु कामको लागि २ सय ९७ मिनेट खर्चने गरेका छन् भने पुरुषले ३१ मिनेट मात्र खर्चने गरेका छन् । पुरुषले आफ्नो समयको एक चौथाई समय मात्र बिना पारिश्रमिकको काममा खर्च गर्छन भने महिलाको विषयमा हरेक ५ जनामा ४ जना यही काममा लागेका छन् । कानुनी विज्ञ गौतम भाटियाको तर्क अनुसार बिना पारिश्रमिक घरेलु काम भनेको ‘जबरजस्ती श्रम’ हो । 

दिल्ली विश्वविद्यालयका अनुसन्धानकर्ता अर्पण तुल्स्यान अनुसार बिना पारिश्रमिकको घरेलु कामको पहिचान गर्न अत्यन्त आवश्यक छ । 

धेरै जसो मानिसहरुलाई थाहा नै छैन  बिगत ५० वर्ष अगाडीदेखि भारतीय अदालतले वास्तवमा नै पारिश्रमिक बिना काम गर्दै आएका महिलालाई क्षतिपूर्ति स्वरुप पैसा दिँदै आएको छ । तर यो उसले मृत्युपछि मात्र पाउने गरेका छन् । 

किङ्स कलेज लण्डनमा कानुन र न्यायका प्राध्यापक प्रभा कोटिस्वरनले सन् १९६८ देखि सन् २०२१ बीच करिब २०० सय मुद्दाहरुको अनुसन्धान गरेकी छन् । यस्ता मुद्दाहरु भारतीय कानुन अन्तर्गत दर्ता गरिएको थियो । जुन सडक, सवारी यातायत लगायता दोस्रो चिजहरुमा जरिवाना लगाउने विषयमा जोडिएको छ । 

उनका अनुसार एक न्यायाधीसले घरेलु कामका लागि राम्रो पारिश्रमिक सम्बन्धी उत्कृष्ट कानुनी रुपरेखा सृजना गरेका थिए । तर उनी एक सडक दुर्घटनामा परेर मरिन् । उनले घरेलु कामको मूल्य निकालेर महिलालाई क्षतिपुर्ति दिलाउने काम गर्थिन । 

एक महिलाले घरको काम नगरेर बाहिर काम गर्न गइन् भने कति कमाउँछिन् । त्यसको आधारमा घरेलु कामको मूल्य निर्धारण गरिएको थियो । 

यसमा शिक्षित र अशिक्षित कामदारहरुको न्युनतम ज्याला र महिलाको शिक्षाको मापदण्डलाई विशेष ध्यानमा राखेर अदालतले क्षतिपुर्तिको निर्धारण  गरेको थियो । साथै महिलाको उमेर र सन्तान भए नभएको विषयलाई पनि प्राथामिकतामा राखिएको थियो । 

सन् २०२० डिसेम्बर मा अदालतले सडक दुघर्टनामा मारिएकी ३३ वर्षकी घरेलु महिलाको परिवारलाई १७ लाख रुपैयाँ क्षतिपुर्ति दिने आदेश दियो । यस आदेशमा अदालतले उक्त महिलाको मासिक पारिश्रमिक ५ हजार रुपैयाँ मानेको थियो । 

सर्वोच्च अदालतले ३४ वर्षदेखि ५९ वर्षसम्मका मृतक पत्नीलाई मासिक ९ हजारको दरले क्षतिपुर्ति पारिश्रमिक रुवरुप दिन आदेश दिएको छ । ६२ देखि ७२ उमेरसम्मको महिलालाको लागि भने निकै कम छ । किन भने यो उमेर समुहका महिलाहरुको बच्चा जिम्मेवारी बोक्न सक्ने भइसकेका हुन्छन् । जसको कारण महिलाको जिम्मेवारी कम हुन्छ । अदालतले पनि यस विषयमा वैठकहरु बस्ने कोसिस गरिरहेको छ । एक निर्णयमा न्यायाधीसले विवाहलाई ‘बराबरी आर्थिक साझेदारी’ को रुपमा हेरेका छन् । यसरी घरेलु महिलाको पारिश्रमिक पतिको तुलनामा आधा हुन्छ । 

यस्तो प्रकारको क्षतिपुर्तिको पहिलो घटना प्राध्यापक कोटिस्वरनले सन् १९६६ मा फेला पारेकी थिइन् । 

यधपि , कुनै महिलाको पारिश्रमिक पतिको बरबारबको छ भने उसले कुनै प्रकारको क्षतिपुर्ति पाउने छैन । अदालतले निर्णय गरेको क्षतिपुर्तिको रकम नगन्य रहेको छ । तर प्रा.कोटिस्वरन भन्छिन् – पारिश्रमिक बिनाको कामलाई कुनै पेशासँग तुलना गरी मान्यता दिनु नै सबै भन्दा  ठूलो कुरा हो ।’ यस्तो अवस्थामा प्रश्न के हुन्छ भने कुनै परिवारको एक महिलाले बिना पारिश्रमिक घरेलु काम गरे वापत उसको परिवारले क्षतिपुर्ति पाउँछन् भने उसले जिउँदो हुँदा घरेलु काम गरे वापत पारिश्रमिक किन पाउँदैनन ?

यस निर्णयले घरेलु महिलाहरुको बिना पारिश्रमिक कामकाजले मान्यता पाउने छ । प्रा.कोटिस्वरन भन्छिन्–यो विपत्तीको समयमा भन्दा पनि सामान्य समयमा पनि दिनुपर्छ । ’
महिलाहरुले उनीहरुको गैर–भुक्तानी गरिरएको घरेलु कामका लागि पैसा पाएमा भारतको घट्दो महिला श्रम साझेदारी दर बढाउन मद्दत मिल्नेछ । 

प्रा. कोटिस्वरन भन्छिन्–‘म केवल घरेलु महिलाको लागि मात्र मारिश्रमिकको माग गरिरहेको छैन । यस घरेलु कामको पारिश्रमिक  एक व्यापक अभियानसँग जोडिएको छ । संयुक्त राष्ट्रसंघ, भिमिन जस्ता संस्थाले धेरै कुरामा ध्यान केन्द्रित गरिरहेको छ । कसरी भुक्तानी गरिएको कामको बाटोमा गैर–भुक्तानी कार्यले अवरोध गरिरहेको छ । उनी भन्छिन् –उनीहरुको ध्यान धेरै कसरी महिलाहरुलाई पारिश्रमिक पाउने काममा लगाउँन सकिन्छ त्यसमा केन्द्रित छ । भारतीय महिलाहरुको संघर्ष धेरै महत्वपूर्ण मुद्दाहरुसँग जोडिएको छ ।

यही कारण विवाहित जीवनमा श्रम कसरी निर्धारण गरिन्छ भन्ने विषय उठाउन सकिएको छैन । उनी भन्छिन्–‘यस विषयमा घरेलु महिलाले कुनै आन्दोलन गर्न सकेका छैनन् ।’ 

उनी भन्छिन् –‘अधिकांश प्रभावशाली व्यक्तिहरु विश्वास गर्छन कि, घरेलु महिलाका लागि पारिश्रमिक दिनु व्यवहारिक कुरा होइन । उनीहरु यसलाई मान्यता दिन नै चाहँदैनन् । तर यस विषयमा व्यापक राजनीतिक बहस हुनु आवश्यक छ । मलाई लाग्छ भारतका अधिकांश महिलाले यस विषयमा समर्थन जनाउने छन् ।  

तर यसको कार्यन्वयनको सम्बन्धमा धेरै प्रश्नहरु उठेका छन् । घरेलु कामको सट्टामा महिलाहरुले पाउने पारिश्रमिक नगद स्थान्तरणबाट आउँछ कि,यो सरकारी अनुदान हुन्छ अथवा विश्वव्यापी आधारभुत आम्दानी ?

महिलाले घरेलु काम वापत पारिश्रमिक पाउन पारिवारीक कानुन परिवर्तन गर्नुपर्छ ?

घरेलु काम गर्ने पुरुषले पनि पारिश्रमिक पाउनु पर्छ ? 

घरेलु काम गर्ने महिललाई पारिश्रमिक दिन थालियो भने के हुन्छ ?

प्रा. कोटिस्वरन भन्छिन्–‘घरेलु काम गर्ने महिलालाई पारिश्रमिक दिने विषयमा हामीले सबै प्रकारका पक्षसँग विचार विमर्श गर्न आवश्यक छ । ’

-यो सामाग्री बीबीसीबाट आयुष्मा बस्नेतले समाचार दैनिकका लागि तयार पारेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर