• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

एघारौं शताब्दीबाट निरन्तर कर्णालीको माघी 

सुर्खेत । माघी पर्व कर्णाली प्रदेशमा ठाउँ अनुसार जाति विशेषले फरक फरक तरिकाले मनाउने गर्दछन्  । विशेष गरेर खस आर्यहरुले धार्मिक रुपमा रुपमा समेत महत्वको रुपमा लिइने गरेको यो पर्व मगर,थारु,जातिहरुले विशेष पर्वको रुपमा लिने गरेको पाइन्छ । प्रदेशको माथिल्लो भागमा भोटे, लामा जातिहरुले बसोबास रहेको यो प्रदेशमा सुर्खेतको केहि भागमा भने थारु जातिको बाक्लो बसोवास रहेको छ । त्यसैले पनि योे क्षेत्रमा माघिलाई विषेश रुपमा मनाउने गरिन्छ ।

पूर्वीय जोतिषि अनुसार सुर्य जब दक्षिणतिर लागेको अनुभव हुन्छ तव माघेसंक्राति अर्थात मकर संक्राति  मनाउने गरिएको भेटिन्छ । धार्मिक मान्यता अनुसार सुर्यले यो बेला सबै ठाउँ चक्कर लगाउने विश्वासले यो पर्वलाई विशेषरुपमा लिइने गरिएको सस्कृति विद् रमानन्द आचार्य बताउछन् । तर यो मान्यतालाई विज्ञानले भने स्वीकार नगरेको उनको भनाई छ । विज्ञानले सुर्यलाई अचल पिण्डको रुपमा लिएकाले यसमा भौतिकवादले विश्वास नगरको उनको तर्क छ ।

कर्णाली प्रदेशमा माघि पर्वको महत्व साढे ११औँ शताब्दीबाट शुरु भएको भेटिएको छ । खस सम्राट पुन्य मल्लको अभिलेख अनुसार यो महिना (हरी संकरीका यात्रा करी ) अर्थात यो महिना धार्मिक तिर्थ यात्राको बेला भएकोले यो महिनालाई सुद्ध महिनाको रुपमा लिने गरिएको पनि कर्णाली प्रदेशमा प्रचलन रहेको पाइएको छ ।

धार्मिक महिना भएकै कारण यो महिना भरी धर्मले अशुद्ध मानेका कुनै पनि चिज यो महिनाभरी खान नहुने धार्मिक मान्यता रहेको कर्णाली प्रदेशमा विशेष गरेर जमिन मुनि फल्ने कन्दमुल लगायतका शुद्ध चिज खाने गरिन्छ ।

छोरी, दिदीबहिनीलाई घरमा बोलाएर मिठो–मिठो खाना दिने कर्णाली प्रदेशमा चलन रहेको छ । ११आंै शताब्दीबाट भारतको उत्तरी भेगबाट आएका हिन्दु धर्मालम्बीहरुले यो धर्मलाई सिंजा खस साम्राज्यमा उहिलेदेखि मनाउने गरेको भेटिएको छ ।

यो महिनामा गरिएको स्वच्छताले आउने महिनाहरु बाट कुनै पनि रोग नगालोस भन्नको लागि यो महिनाभरी कुकर्म हुनेखालका काम र यो भन्दा अघि गरिएका गल्तीहरुलाई माफिको रुपमा मेटाउने चलन पनि कर्णालीमा रहेको छ ।

पछिल्लो पुस्ता ‘जान्ने भन्दा धेरै बैज्ञानिक’ भएका कारण यो सस्कृति लोप हुने खतरामा रहेको उनको तर्क छ । पराम्परालाई हेप्ने र परिबर्तन परम्पराबाट हुन्छ भन्ने ज्ञान नहुनुले कर्णालीमा पछिल्लो समय खस साम्राज्यका बास्तविक इतिहास र कला सस्कृति मेटिदै गएका छन् ।

आउने पुस्ताबाट यो सस्कृति मेटिने चिन्ता

सस्कृतिविद् तथा खस शब्दकोशका लेखक रमानन्द आचार्यका अनुसार इतिहासबाट स्थापित भएको यो सस्कृतिलाई अहिलेको पुस्ताले मेटाउदै लगेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो पुस्ता ‘जान्ने भन्दा धेरै बैज्ञानिक’ भएका कारण यो सस्कृति लोप हुने खतरामा रहेको उनको तर्क छ । पराम्परालाई हेप्ने र परिबर्तन परम्पराबाट हुन्छ भन्ने ज्ञान नहुनुले कर्णालीमा पछिल्लो समय खस साम्राज्यका बास्तविक इतिहास र कला सस्कृति मेटिदै गएका छन् ।

जनता सभ्य नभए राजधानी नहुने भन्दै कर्णालीका सस्कृतिविद् माधब चौलागाईले यस विषयमा चिन्ता व्यक्त गरे । आजको दिनबाट बर्खाको सुरुवातीको रुपमा लिएको यो पर्वलाई पुसमा हालेको खाने कुरा माघमा खाने भएकोले पनि यसलाई माघि तिहार भनेको उनको भनाइ रहेको छ ।

थारुको नयाँ बर्ष

कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा केही रैथाने जातिको रुपमा रहेको थारु समुदायको यो तिहारलाई नयाँ बर्षको रुपमा लिने गर्छन् । थारु जतिले बर्षभरी गर्ने कामको तालिका पनि यसै तिहारबाट गर्ने गरको पाइएको छ ।

परिवारिक रुपमा गरिने काम, बार्षिक रुपमा भएको आम्दानि र यसको लेखाजोखा पनि यहि तिहारमा हुने भएकोले यो तिहारलाई थारु जतिमा यसलाई नयाँ बर्षको रुपमा लिने गरिएको थारु जातिको जानकार मदन राज जोशी बताउछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर