• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लिबियाबाट रुस र टर्कीको सेना हटाउन अमेरिकाको आग्रह

काठमाडौं । संयुक्त राज्य अमेरिकाले लिबियाबाट तत्काल सेना फिर्ता लिन रुस र टर्कीसँग पुनः आग्रह गरेको छ ।

गत वर्षको अक्टोबरमा लिबियामा भएको शान्ति सम्झौतामा विदेशी सेना फिर्ता पठाउने सहमति भएको थियो । तर सो सम्झौताको समयसीमा पूरा भइसक्दा पनि ती राष्ट्रका सेना फिर्ता नबोलाइएपछि अमेरिकाले सम्झौताको पालना गर्न पुनः आग्रह गरेको हो ।

लामो समय सत्तामा रहेका मुअम्मर गद्दाफीको पतनसँगै लिबियामा हिंसा अन्त्यका लागि भन्दै रुस र टर्कीले आफ्ना सेना पठाएका छन् । दुई देशको सेनालाई तत्काल लिबियाबाट हटाउन अमेरिकाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर