• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ट्वीटरले लक गरिदियो अमेरिकास्थित चिनियाँ दूतावासको ट्वीटर ह्यान्डल

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकास्थित चिनियाँ राजदूतावासको ट्वीटर ह्यान्डल लक गरिदिएको छ। चीनको पश्चिमी प्रान्त सिन्जियाङमा सरकारले लिएको नीतिको बचाउमा ट्वीट गरेपछि ट्वीटरले राजदूतावासको ह्यान्डल लक गरिदिएको हो। 

दूतावासको ट्वीटरमा 'उइघुर महिलाहरू बच्चा पाउने मेसिन होइनन्' भनेर उक्त नीतिको बचाउ गरिएको थियो। दूतावासले जनवरी ७ मा उक्त ट्वीट गरेको थियो। २४ घन्टापछि ट्वीटरले  उक्त पोष्ट  नदेखिने बनाएको थियो।

ट्वीटरका एक जना प्रवक्ताले त्यसपछि @ChineseEmbinUS लक गरिएको जानकारी दिए। जनवरी ८ यता उक्त ह्यान्डलबाट कुनै ट्वीट भएको छैन।

उइघुर मुस्लिम बहुल सिन्जियाङमा पछिल्लो समय बेइजिङले लिएको नीतिले मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै पश्चिमा राष्ट्रहरूले आलोचना गरिरहेका छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर