• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन ट्राफिक अस्तव्यस्त

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले गर्ने शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। ट्राफिकले अहिले रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ।

त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको हो। कार्यलय, स्कुल, कलेज जाने र जुलुस निकाल्ने समय एउटै भएका कारण सर्वसाधारणलाई गन्तव्यमा पुग्न समस्या भएको हो । रिङरोड भित्र ठूला सावारीलाई प्रवेश निषेध गरेका कारण आदिबाटो देखि एक घण्टा सम्मको बाटो हिँड्दै जानु परेका कारण समयमा पुग्न नसकेको गुनासो सर्वसाधारणले गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर