• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बिहिबार थपिए ३ सय ३६ कोरोना संक्रमित

काठमाडौं । नेपालमा बिहीबार थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १९ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २२६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् ।

नेपालमा हाल ३ हजार ७ सय ९९ जना आइशोलेशनमा छन् भने १७२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ३१ हजार ७५६ वा पिसिआर परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर