• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रदेश २ मा सरकारविरुद्ध आन्दोलनको तयारीमा सहिद परिवार

काठमाडौं । मधेश आन्दोलनको १२ वर्ष पुरा भएको छ । मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको स्मृति दिवसमा प्रदेश २ को सरकारले सार्वजनिक विदा नै दिने घोषणा गरेको छ । माघ ५ गते प्रदेश २ मा सार्वजनिक विदा भनेर क्लेन्डरमा नै जनाई सकेको छ । 

अझै पनि केन्द्रीय सरकारले प्रदेश २ मा वेवास्ता गरेको भन्दै टिकाटिप्पणी गर्न छोडेका छैनन् । त्यस्तै त्यहाँका सहिद परिवारले भने प्रदेश २ सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको तयारी गरेको छ ।

मधेशवादी दलका नेताहरुले सहिद परिवारलाई वेवस्ता गरेको भन्दै मधेशी सहिद परिवार तथा घाइते हकहित संघर्ष समिति गठन गरी आन्दोलनको तयारी थालेको छ । 

सुरुमा संघर्ष समिति किन गठन गरेको भनी मुख्यमन्त्री लालबाबु राउतले टिप्पणी गरेको भएपनि पछि सहिद परिवारलाई सहयोग गर्ने आश्वासन दिएको समितिका अध्यक्ष नरेश यादवले बताए । ‘तर अहिलेसम्म आश्वासन मात्रै भयो, सहयोग जुटेन ।’ उनले थपे, ‘मधेशका युवाको बलिदानबाट मुलुकमा संघीयता, मधेस सरकार गठन भयो । तर आज त्यही सहिद परिवारलाई मधेसी नेताहरुले अपमान गर्दै आएका छन् ।’

‘सहिद परिवार गरिबी, भोकमरी र रोगसँग लडिरहेका छन् । तर यो कुरा मधेसी नेतालाई थाहा छैन ।’ उनले थपे, ‘हामीले जानकारी गराउन खोज्दा उल्टै झर्किन्छन्, मानौ कि सहिद मान्छे नै होइन जसरी ।’ 
आफूहरुले पटक पटक सहिदका बारेमा जानकारी गराउन खोज्दा वेवास्ता गरेकाले अब आन्दोलन नै थाल्ने उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर