• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुर्खेतमा श्री ५ को सरकारका मन्त्रीको सम्वोधन

सुर्खेत । नेकपा ओली पक्षको अगुवा कार्यक्रता भेलामा प्रमुख अथितिको रुपमा सहभागी हुन सुर्खेत आएका ओली पक्षका नेता एबम् खानेपानी तथा सरसफाइ मन्त्री मणी चन्द्र थापाले श्री ५ को सरकारको तर्फवाट भन्दैअगुवा कार्यक्रता भेलालाई सम्बोधन गरेका छन् । 

सम्वोधनको क्रममा प्रचण्डलाई निरन्तर गालि रहेका मन्त्री थापाले आफु जब श्री ५ को सरकारको तर्फबाट आफ्ना कार्यक्रर्तालाई अभिवादन टक्क्र्याए तब मञ्चमा रहेका नेता कार्यक्रताहरुले मुखामुख गर्दै हाँसिरहेका थिए । कसैले उनको नजिक गएर नेपाल सरकार भन्ने सम्झाएपछि उनले आफ्नो भुल सुधार गरे ।

थपाले सम्वाधनका क्रममा अब देशको निकास दिन सक्ने नेता केपी शर्मा ओली बाहेक अरु कोहि नभएको ठोकुवा  गरे । ‘जनयुद्धको बेला प्रचण्डका कारण तत्कालिन नेकपा एमालेलाई प्रमुख दुश्मनको रुपमा अगाडी सारेका थियौ, ‘मन्त्री थापाले भने, ‘अहिले विचार र बाटो मिलेकाले एकै पार्टी भयौ । 

मन्त्री थापा नेकपा ओली पक्षको कर्णाली प्रदेशका संयोजक पनि हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर