फिल्म ‘बनबास’ मा करिश्मा र कविता 

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म बनाउने घोषणा गरेकी छन् ।  फिल्ममा उनको छोरी कविता मानन्धरलाई लिइने पक्का भएको छ ।  करिश्माले आफ्नै होम प्रोडक्शनमा फिल्म ‘बनबास’ मा निर्माण गर्ने भएकी हुन्।

उनले फिल्मको नाम सहित सामाजिक सञ्जालमा सेयर गरिसकेकी छन्। यस फिल्मलाई निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । अभिनेत्री करिश्माका अनुसार फिल्ममा कविता र सरोज खनालको मुख्य भूमिका रहनेछ ।

करिश्माका अनुसार फिल्मलाई सानो बजेटमा निर्माण गरिनेछ। एनलेसानो बजेटमा फिल्म निर्माण गर्न लागेको र अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ  ।

कथा परिवार को , कथा सम्बन्ध को " बनवास " सरोज खनाल & Kabita Manandhar । Posted by Karishma Manandhar on Sunday, January 31, 2021
 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर