• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 

काठमाडौं । कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति दुर्घटना भएको हो।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन्।

दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

ट्याक्टर चालक घोडाघोडी नगरपालिका–५ का २१ वर्षीय रामसिंह चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर