• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

तानसेन नगरपालिका ४ का अध्यक्ष शाक्यको निधन

पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं.४ का अध्यक्ष राजेन्द्रमुनि शाक्यको निधन भएको छ। मृगौलाको समस्याका कारण उपचाररत ६१ वर्षीय शाक्यको सोमबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । लामो समयदेखि मृगौलाको समस्याका कारण उपचार गराउदै आएका शाक्य सामाजिक र रानितीक रुपमा परिचित थिए । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका शाक्य सुन चाँदी व्यावसायी संघका जिल्ला अध्यक्षको पद समेत समाल्दै अाएका थिए । श्रीमती १ छोरा र १ छोरी रहेका शाक्यको शवलाई मंगलबार श्रद्धाञ्जली कार्यक्रम गरे पश्चात बौद्धिक परम्परा अनुसार दाहसस्कार गर्ने तयारी भएको वडा सदस्य गणेश थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर