• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 फिल्म ‘गोर्खे’ फागुन २१ गते रिलिज हुने

काठमाडौं ।  फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट रिलिज  हुने भएको छ ।

कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । प्रर्दशन मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ ।

फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर