• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आफूलाई समाज सेवीको रुपमा चिनाउन कोही कसैको भरोसा माथी खेलवाड नगरौँ–श्वेता खड्का

काठमाडौं ।  अभिनेत्री श्वेता खड्काले आज एक अनलाइनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई लागेको ९ लाख बढी ऋणको समाचारको स्क्रिनसट, आफूले निर्माण गरिरहेको माझी बस्तीको फोटो सेयर गर्दै खड्काले लामो स्टाटस लेखेकी छन् ।

उनले धुमुर्स सुन्तली फाउण्डेसनजस्तै श्वेता श्री फाण्डेशनले पनि सिन्धुपाल्चोकको भीमटारमा माझी बस्ती निर्माण गर्दै रहेको र ऋण लागेको कुरा उल्लेख गरेकी छन्  । सहयोग दिन्छौं भनेर धेरैले वाचा गरेपनि बोले अनुसारको सहयोग नआएकोले माझीबस्ती निर्माणले पूर्णता पाउन नसकेको उनले बताएकी छन् ।

स्वेताले लेखेकी छन् –, ‘स्थानीय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दाताहरुले माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान, धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामीले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन ।’

श्वेताले आफ्नो प्रतिवद्ताद्ध र कटिवद्धतालाई भुलेर गरिबहरुको आशा र भरोसा माथी खेलवाड गर्नु भने पक्कै राम्रो नभएको समेत उल्लेख गरेकी छन्  । ‘पुरा गर्न नसक्ने(बाचा, पुर्ति गर्न नसक्ने (आश्वासन र दिन नसक्ने(सहयोगको कुनै अर्थ छैन’ खड्काले भन्नु भएको छ, ‘अतः आफुलाई समाजसेवीको रुपमा चिनाउन कोही कसैको भरोशा माथि खेलवाड नगरौँ ।’

'धुर्मुस सुन्तली फाउण्डेशन' को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय... Posted by Shweta Khadka on Monday, February 1, 2021

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर