• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

गायिका रिहान्नाको ट्वीटमा भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया

काठमाडौं ।  भारतमा किसानहरूले पछिल्लो चार महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच अमेरिकी पप गायिका रिहान्नाले प्रदर्शनकारी किसानको समर्थनमा ट्वीट गरेकी छिन् ।

रिहान्नाको उक्त ट्वीटपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले किसानको आन्दोलनको विषयलाई अनावश्यक उचालेको प्रतिक्रिया दिएका छन् ।

रिहान्नाले ट्वीट गरेको केही घण्टापछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरेका थिए।

बुधवार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले संसद्ले पूर्ण छलफलपछि कृषि क्षेत्रको लागि सुधारोन्मुख कानुन पारित गरेको बताएको छ ।

उसले सामाजिक सञ्जालमा आएका ह्यासट्याग र प्रतिक्रिया न सही न उत्तरदायी भएको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर