• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संविधान संसोधन गर्न जरुरी–मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले व्यवस्था परिबर्तनको लागि जनताले ठुलो बलिदान गरे पनि सरकारको कामबाट जनता खुसि नभएको बताएका छन् । कर्णाली प्रदेश सभाको तेस्रो स्थापना दिवशको अबसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले नेपालमा परिबर्तनकै लागि राजनैतिक धुव्रिकरण भएको भन्दै स्थायित्वको लागि जनाताले नेकपालाई दुई तिहाइ मत दिए पनि जनतामा निराशा नहटेको बताए । ‘व्यावस्था परिबर्तनको लागि  धेरै घाइते भए जनताले ठुलो संघर्ष गर्नु प¥यो तर पनि जनताले भनेको जस्तो काम हुन सकेको छैन, ‘मुख्यमन्त्री शाहीले भने, ‘संविधान निर्माण भएको छ त्यसको अक्षरस पालना भएको छैन त्यसैले व्यवस्था ल्याउनु मात्रै ठुलो कुरा रहेनछ,।’ उनले संविधानले जनताको पक्षमा काम गर्न नदिएको भए संविधानको धारा संसोधन गरेर भए पनि जनताको काम गर्न तिर लाग्नु पर्ने औल्याए । ‘संसद भनेको कर्णाली प्रदेशको सार्वोच्च निकाय हो जनताका समस्या र समाजका विभेदलाई यहिबाट अन्त्य गर्न र सामाजिक न्याय यहिबाट हुने भएकोले प्रदेश सरकार लागि पर्ने छ मुख्यमन्त्री शाहीले भने,।’ स्थापना दिवशको अबसरमा कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले प्राकृतिक श्रोत र सम्पदाले भरिपुर्ण कर्णाली प्रदेशमा विकसित र समृध बनाउनको लागि जल विद्युत उत्पादन कृषिमा आधुनिकिरण जडिबुढीको प्रसोधन खनिज पदार्थको उत्खनन् सरकारको आगामी प्रयास केन्द्रित हुनु पर्ने बताए । प्रदेश सभा स्थापना दिवशमा प्रदेशसभा सदस्यको उपस्थीति शुन्य  कर्णाली प्रदेश सभा स्थापना दिवशकै दिन कर्णाली प्रदेश सभा सदस्यहरुको उपस्थीति शुन्य भएको छ । अघिल्ला वर्षको प्रदेशसभा स्थापना दिवशको अबसरमा पनि प्रदेश सभा सदस्यको सहभागिता न्युन रहेको थियो । यो वर्ष उपस्थितिमा नेकपा विभाजनको असर देखिएको छ । ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् । समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु विमला केसी, नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का र अमृता शाही मात्रै उपस्थित भएका छन् । नेकपा ओली समुहका प्रदेश सभा सदस्य ठम्वर विष्ठले आफुलाई उपस्थीतिको लागि जानकारी भए पनि अहिले पार्टीको काम प्रमुख भएकोले आफु उपस्थीत हुन नसकेको बताए । यता नेकपाका प्रमुख सचेतक सिता नेपालीले भने कोभिड पहिलो कारण दास्रो पार्टी भित्र देखिएको आन्तरिक द्धोन्दका कारण पनि केहि समस्या आएको हुन सक्ने बताइन् । कार्यक्रममा भने सबैले सहभागि हुनु पर्ने उनले बताइन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले विदेशमा लोकतन्त्र जनताका लागि जनताद्वारा जनताले शासन गर्ने भनिएपनि नेपालमा लोकतन्त्र नेकपाका लागि, नेकपाद्वारा नेकपालाई शासन गर्ने प्रणाली नेकपाले नै बनाएको भनी टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर