• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

‘कहीँ नभएको जात्रा हाँडिगाउँमा’ (फोटो फिचर)

काठमाडाैं । ‘कहीँ नभएको जात्रा हाँडिगाउँमा’ भन्ने उखान नसुन्ने थोरै मात्र होलान् । यो जात्रा हाँडिगाउँमा मनाइन्छ। यस्तो जात्रा नेपालमा अरु कुनै ठाउँमा हुदैन । हुन पनि खटको टाउको (गजुर) उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने जात्रा अरु कहाँ हुन्छ त ? कोजाग्रत पूर्णिमादेखि तीन दिन सम्म यो जात्रा मनाइन्छ।

किन मनाइँदो रहेछ त यो जात्रा ?धेरै पहिलेदेखि मनाइँदै आएको यो जात्रा एउटा कथन अनुसार, एक पटक सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो रे। नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भएनन्।

अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथा अनुसार नारायणलाई खुसी पार्न अहिले पनि सो जात्रा चलाइएको भन्ने पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर