लगानीकर्ता आकर्षित गर्ने लघुवित्त कम्पनीको अवस्था कस्तो छ, हेरौं १७ कम्पनीको रिपोर्ट

चन्दा कार्की/काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजानिक गर्ने क्रम जारी छ । यो अवधिसम्म १७ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक विवरण सार्वजानिक गरेका लघुवित्त वित्तीय संस्थाहरु मध्येमा सबैभन्दा बढी मुनाफा कमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेको छ । यो अवधिमा कम्पनीले २ करोड ७४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ९० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । मुनाफा गतवर्षको सो अवधिको तुलनामा ४४ दशमलव १० प्रतिशतले बढी हो । 

मेरो माइक्रोफाइनान्स पछि दोस्रो स्थानमा रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले यो अवधिमा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो मुनाफा गतवर्षको सो अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो ।

त्यस्तै समिक्षा अवधिमा स्वदेशी लघुवित्त वित्तीय संस्थाले सर्वाधिक मुनाफा बढाएको छ । चालू आवको तीन महिना अवधिमा स्वदेशी लघुवित्तले ८३ लाख ४७ हजार खुद नाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको यसै अवधिको तुलनामा २१८ दशमलव ११ प्रतिशतले बढी हो ।

यता वित्तीय विवरण पस्केका १७ लघुवित्त कम्पनीहरुमध्ये तीन कम्पनीको मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा केही घटेको छ । मुनाफा घटाउनेमा सबैभन्दा पहिले वित्तीय विवरण पस्केको फस्र्ट माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको नाफा केही कमी आएको विवरणले देखाउँछ ।

त्यस्तै गतवर्षको यो अवधिमा नोक्सानमा रहेका र आईपीओ निष्काशनको क्रममा रहेका चार लघुवित्तले नाफामा उल्लेख्य वृद्धि गरेका छन् । गतवर्ष ५० लाखभन्दा बढी नोक्सान रहेको गणपतिले यसपाली करिब ५० लाख नै नाफा गरेको छ भने आशा लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तले पनि नाफामा उल्लेख्य सुधार गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर