• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘दान्य हीरा पुरस्कार’ माणिकलाललाई

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शनिबार  आयोजित एक कार्यक्रममा प्रा डा माणिकलाल श्रेष्ठलाई, दान्यहीरा पुरस्कार, मुनीबहादुर शाक्यलाई, दान्यहीरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहीरा पत्रकारिता पुरस्कार, तथा सुरजवीर बज्राचार्यलाई दान्यहीरा सङ्गीत पुरस्कार प्रदान गरे । 

शताब्दी पुरुष जोशीले नेपाल भाषा देशको नै समृद्ध भाषा रहेको र नेपाल भाषाको विकासका लागि सरकारले मातृभाषाबाट सञ्चालन हुने विद्यालय खोल्नुपर्नेमा जोड दिए । 

सङ्घीय समाजवादी फोरम नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभाबाट पारित भइसकेको मातृ भाषामा शिक्षा दिने कानूनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। 

उनले मातृभाषाको विकासका लागि सरकारी तहमै मातृ भाषामा स्कुल सञ्चालन गराउने तथा पाठ्यक्रम बनाउन पहल गर्नुपर्ने बताए । 

नेपालभाषा एकेडेमीका भाइस चान्सलर तथा दान्यहिरा पुरस्कारका संस्थापक यज्ञरत्न धाख्वाःले नेपाल भाषाको क्षेत्रमा दान्यहिरा पुरस्कार प्रतिष्ठित पुरस्कारमा पर्ने बताउँदै मातृभाषामा शिक्षासम्बन्धी विधेयक पारित गराउन सांसद श्रेष्ठले संसदमा खेलेको भूमिका प्रशंसनीय भएको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर