अब मोबाइलबाटै शेयर कारोबार

काठमाडौं । शेयर किनबेचका लागि अब शेयर दलाल (ब्रोकर) कार्यालय धाइराख्नु नपर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारबाट पूर्ण  अनलाईन कारोबार  प्रणाली शुरु गरेसँगै लगानीकर्ताले घर अथवा कार्यालय मै बसी मोबाइल वा कम्युटरबाट शेयर खरिदबिक्री गर्न सक्नेछन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार एक कार्यक्रमकाबीच अनलाईन कारोबारको उद्घाटन गरेपछि ब्रोकरहरुले अनलाईन कारोबार शुरु गर्नेछन् । मंगलबार साढे १० बजे अर्थमन्त्री डा युवराज खतिवडाले अनलाईन कारोबार प्रणालीको उद्दघाटन गर्ने कार्यक्रम रहेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले समाचार दैनिक डटकमलाई जानकारी दिए । उनले भने, 'मंगलबार ११ बजे अर्थमन्त्री खतिवडाले अनलाईन सिस्टमको उद्घाटन गर्नु हुने छ । त्यसपछि नेप्सेमा हाल सञ्चालनमा रहेको सिस्टम डाउन हुनेछ । लगानीकर्ताले मंगलबारदेखि नै नयाँ सिस्टमबाट कारोबार गर्न सक्नेछन् ।'

नेप्सेले करिब २ महिना लगाएर अनलाईन कारोबार प्रणाली परिक्षण गरेपछि लगानीकर्ता लगायत समग्र सरोकारवालको व्यग्र प्रतिक्षामा रहेको पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा आउने भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर