४१औँ बैठकले दुई वटा विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाको ४१औँ बैठकले दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले संशोधनसहित पारितका लागि पेश गर्नुरेको  ‘कर्णाली प्रदेशसभाको पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभाको बैठकले आज सर्वसहमत पारित गरेको हो । 

कानूनमन्त्री भण्डारीले पेश गरेको विधेयकमा प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले मुख्यमन्त्रीसहित मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधामा धेरै अन्तर नगर्न अनुरोध गरिन् । मन्त्रिपरिषद्को निर्णयबाट गरिने खर्च अपारदर्शी हुने भन्दै उनले कानून बनाएर खर्च गर्न सरकारलाई सुझाइन् । प्रदेशसभा बैठकबाट वर्षे अधिवेशन आजदेखि अन्त्य भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे । 

कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली आजको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशको प्रगतिका लागि एकता अपरिहार्य भएको बताए । कर्णाली मुलुकका अन्य प्रदेशभन्दा कान्छो प्रदेश भएको र राज्यको दृष्टिकोण यसप्रति अहिले पनि कमजोर रहेकाले यो प्रदेश विकासमा कोही प्रतिपक्षी नभएको नेता शाहीले धारणा राखे । उनले भने, ‘हामी कर्णालीवासीको प्रतिपक्षी भनेकै गरीबी, अशिक्षा, अभाव र भोकमारी हो ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर