• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा : राष्ट्रपति सिरिसेना

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । 

स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी (युएनपी) का समर्थकहरुले राष्ट्रपतिको निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका छन् । युएनपी समर्थकहरुले अन्तर्रा्ष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् । 

श्रीलंकामा राष्ट्रपति सिरिसेनाले अक्टोबर २७ मा नोभेम्बर १६ सम्मका लागि संसदीय कारबाही स्थगित गरेसँगै विगत तीन हप्तादेखि राजनीतिक सङ्कट चुलिएको छ । राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

राष्ट्रपतिको उक्त कदमसँगै युएनपी र राष्ट्रपतिको दल श्रीलंका फ्रिडम पार्टीबीचको गठबन्धन टुटेको थियो । यसैबीच, संसदमा १५ सदस्य रहेको तामिल नेसनल एलायन्सले राजापाक्षका विरुद्धमा आउने अविश्वासको प्रस्तावको समर्थनमा मतदान गर्ने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर