• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:12 am

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुने

एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुन : सुरु हुने भएको छ ।

 पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन् ।

सो उच्चस्तरीय वार्तापछि पनि यी दुई देशका उक्त सैन्य अभ्यासका तयारी गरिरहेका बेला यता उत्तर कोरियाले आपत्ति जनाएपछि रोकिएको थियो । तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ । त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५०० जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ । 

दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चोइ हियोन सुले भन्नुभयो– हामीले पहिले नै घोषणा गरेअनुसारको सैन्य अभ्यास गर्ने तयारी हामीले गरिसकेका छौँ र यो सानो संख्याको सैन्य अभ्यास गर्नेछौँ । 

सम्वाददाताहरुलाई उनले सोमबार यो जानकारी गराएका हुन् । संयुक्त राज्य अमेरिका दक्षिण कोरियाको नजिकको सहयोगी हो । उसले उत्तर कोरियाको पारमाणवकि खतराबाट बचाउन भन्दै दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना राखेको छ । यी दुई देशले विगत लामो समयदेखि यस्तो सैन्य अभ्यास सञ्चालन गर्दै आएका छन् ।

यसलाई उनीहरुले आफ्नै शब्दमा विशुद्ध रक्षात्मक प्रकृतिको र कसैका विरुद्धमा पनि लक्षित नरहेको भन्ने गरेका छन् । तर यस अभ्यासलाई उत्तर कोरियाले भने आफ्ना विरुद्धको अमेरिकी र दक्षिण कोरियाको रणानीति भन्ने गरेको छ ।  गत जुन महिनामा पनि यदि सोलमा सो सैन्य अभ्यास गर्ने हो भने आफूले जुनमा सिंगापुरमा भएको सहमति भङ्ग गर्ने जनाएको थियो ।

त्यसपछि सो अभ्यास रोकिएको थियो ।  तर सोमबारबाट शुरु हुन लागेको यस अभ्यासका बारेमा पनि उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीलंका पुग्ने पर्यटकमध्ये चिनियाँको संख्या दुई लाख ६० हजार

  • ३ माघ, २०७५

कोलम्बो । चीनबाट गत बर्ष सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन् । सरकारी अधिकारीहरुले यस बर्ष त्यो भन्दा बढी पर्यटकहरु चीनबाट

अत्याधिक हिमपातबाट अष्ट्रियामा १८ को मृत्यु

  • ३ माघ, २०७५

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष

चीनको कडा कानुनको फल : मन्त्रीदेखि सर्वसाधारण, एक लाख चिनियाँ कारबाहीमा

  • ३ माघ, २०७५

बेइजिङ । चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लङ्घन गरेकोमा सन् २०१८ मा करिक एक लाख व्यक्तिलाई कारबाही गरिएको छ ।  दल र सरकारको वानीमा सुधार गर्ने