• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘अन्ट काटी’को १११ बर्षको उमेरमा निधन

बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । ‘अन्ट काटी’को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ । 

उनी सन् १९०७ मा जन्मिनु भएको हो भने उनी किसान थिए । उनका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् । मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उनको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर