भारतीयलाई नागरिकता दिन खोज्ने वडा अध्यक्षलाई पक्राउ पुर्जी

विराटनगर । भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस गरेको अभियोगमा जिल्ला अदालत मोरङले विराटनगर महानगरपालिकाका दुई जना जनप्रतिनिधिसहित १५ जनाको नाममा पक्राउ आदेश जारी गरेको छ ।

महानगरपालिका वडा नम्वर १ का अध्यक्ष नानीबाबु (उद्दव) अर्याल, सदस्य रमेश साह र महानगरका कर्मचारी तथा वडा सचिव पुष्पा तिम्सिना सहित नागरिकता लिने र साँची किनारामा बसेकाहरुको नाममा अदालतले पक्राउपुर्जी जारी गरेको हो । झुठो विवरण तयार पारेर पेश गरेको कागजातका आधारमा नागरिकता प्रमाणपत्र सिफारिस गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय मोरङको जाहेरीमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । 

त्यस्तै नेपाली नागरिकता लिने भारतीय नागरिकहरु २२ वर्षीय संजिब पोद्दार, २० वर्षीय धिरज पौद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, २५ वर्षीय रोशनकुमार पोद्दार, १८ वर्षीय मिथीलेस पोद्दार, संजिबपोद्दार, १९ वर्षीय पवनपोद्दार अनि झुठो बिबरणमा  सर्जिवन गर्नेहरु विराटनगर १ की ४७ वर्षीय सिमा देवी राम, सोही वडाका ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोशीगाउँपालिका १ बस्ने ४५ वर्षीय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ वर्षीय बैजनाथ शर्मालाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर